back
CTIZAN AD

राप्रपा नेता सुनीलबहादुर थापा कांग्रेस प्रवेश गर्ने तयारीमा

वि.सं.२०७६ फागुन २९ बिहीवार

723 

shares

२९ फागुन, काठमाडौं । राप्रपा र राप्रपा (संयुक्त)को एकतामा असहमत भएका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुनीलबहादुर थापा कांग्रेस प्रवेशको तयारी गरेका छन् । उनी निकट एक नेताले बताए अनुसार, एकतापछि पार्टीले लिएको राजसंस्थाको लाइनप्रति असहमति जनाउँदै उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

एकताका कुरा सल्टाउँदै गर्दा सुनील थापाले राजतन्त्र ब्युँताउने लक्ष्य पार्टीले त्याग्नुपपर्ने बताउँदै आएका थिए । गणतन्त्र र संघीयतालाई आफूले स्वीकार गरेको मात्रै नभई संविधानसभाबाट जारी गरिएको संविधानमा हस्ताक्षर समेत गरेकाले त्यस विरुद्ध जानु अनैतिक हुने तर्क छ, सुनील थापाको।

थापा सहितको समूह कांग्रेस प्रवेश गर्ने बुझिएको छ। तत्कालका लागि पदीय हैसियत स्पष्ट नगरी प्रवेश गर्न लागेको बुझिएको छ । थापाको समूहले लामो समयदेखि कांग्रेसका कतिपय नेताहरुसँग छलफल चलाइरहेका थिए।

वि.सं.२०७६ फागुन २९ बिहीवार १४:१८ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...