
२९ फागुन, काठमाडौं । राप्रपा र राप्रपा (संयुक्त)को एकतामा असहमत भएका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुनीलबहादुर थापा कांग्रेस प्रवेशको तयारी गरेका छन् । उनी निकट एक नेताले बताए अनुसार, एकतापछि पार्टीले लिएको राजसंस्थाको लाइनप्रति असहमति जनाउँदै उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् ।
एकताका कुरा सल्टाउँदै गर्दा सुनील थापाले राजतन्त्र ब्युँताउने लक्ष्य पार्टीले त्याग्नुपपर्ने बताउँदै आएका थिए । गणतन्त्र र संघीयतालाई आफूले स्वीकार गरेको मात्रै नभई संविधानसभाबाट जारी गरिएको संविधानमा हस्ताक्षर समेत गरेकाले त्यस विरुद्ध जानु अनैतिक हुने तर्क छ, सुनील थापाको।
थापा सहितको समूह कांग्रेस प्रवेश गर्ने बुझिएको छ। तत्कालका लागि पदीय हैसियत स्पष्ट नगरी प्रवेश गर्न लागेको बुझिएको छ । थापाको समूहले लामो समयदेखि कांग्रेसका कतिपय नेताहरुसँग छलफल चलाइरहेका थिए।
वि.सं.२०७६ फागुन २९ बिहीवार १४:१८ मा प्रकाशित