२९ फागुन, काठमाडौं । नेपालमा पनि ६ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ । संक्रमणको आशंकामा उनीहरुलाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।
मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार शुरु गरिएको हो । विहीवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरसको आशंकामा ६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिए ।
आइसोलेसनमा राखिएका मध्ये ४ जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए ।
वि.सं.२०७६ फागुन २९ बिहीवार १५:१५ मा प्रकाशित






























