back

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क स्थापना

वि.सं.२०७६ फागुन ३० शुक्रवार

444 

shares
GLOBAL IME AD
NTC AD

३० फागुन, धरान । कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानका निर्देशक प्राडा गौरीशङ्कर साहको नेतृत्वमा १२ सदस्यीय ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको थियो । सो भाइरस सङक्रमण हुन नदिन र सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार सो डेस्क स्थापना गरिएको निर्देशक प्राडा साहले जानकारी दिए ।
उनले प्रतिष्ठानमा विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने जानकारी दिए । भाइरसको सङ्क्रमण देखिएका बिरामीलाई ‘आइसोलेशन वार्ड’मा राखिने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतिष्ठानमा १० वटा श्यया र तीन सघन उपचार कक्ष छुट्याइएको छ ।

चिकित्सकका लागि व्यक्तिगत सुरक्षाका सबै सामग्री उपलब्ध गराएको छ । सो वार्डका बिरामीको उपचारका लागि चिकित्सकका लागि एम ९५ मास्क, गाउन, चस्मा, थर्मो स्केललगायत सुरक्षाका सामग्री व्यवस्थापन गरिएकोे प्राडा साहले जानकारी दिए । रासस

वि.सं.२०७६ फागुन ३० शुक्रवार ०८:३७ मा प्रकाशित

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र...

नगर अस्पतालमा बिरामीको चाप बढ्दो

नगर अस्पतालमा बिरामीको चाप बढ्दो

बनियानी (झापा) । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था...

चिया तथा कृषिजन्य उत्पादनसँगै औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

चिया तथा कृषिजन्य उत्पादनसँगै औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

टीका खतिवडा/मङ्गलबारे (इलाम) । चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका...

अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु

अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु

इनरुवा (सुनसरी) । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

पर्यटकको पर्खाइमा ‘गोल्मे राजा, गोल्मे रानी’

पर्यटकको पर्खाइमा ‘गोल्मे राजा, गोल्मे रानी’

भोजपुर । रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा,...