back
CTIZAN AD

अनअराइभल भिसा वैशाख १८ सम्म बन्द ! स्थलमार्गबाट पनि विदेशी आउन नपाउने

वि.सं.२०७६ फागुन ३० शुक्रवार

753 

shares

३० फागुन, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड १९ रोकथामा तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमनको व्यवस्था मिलाउने व्यवस्था निर्णय गरेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले पनि बुधबार सूचना जारी गर्दै ‘सडक मार्ग हुँदै आउने विदेशीको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका अध्यागमन जाँच चौकीसहितका नाकामा सीमित गरिने’ भनेको थियो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोभिड–१९ को महामारीबाट बच्न भारतसँग जोडिएका खास–खास नाकाबाट मात्र व्यवस्थित रूपमा आउजाउ गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गरेर काम गर्ने बताए । व्यवस्थित नाकामा काँकडभिट्टा, जोगबनी, रक्सौल, भैरहवा र कञ्चनपुर छन् । नेपालले यसअघि नै चीनतर्फका नाकाहरू बन्द गरिसकेको छ । शुक्रबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ फागुन ३० शुक्रवार ०८:२० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ ।। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक...

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

नेपाल–भारत सीमा सुरक्षा बैठकलाई पूर्वपरराष्ट्रमन्त्री लोहनीका केहि सुझाव

काठमाडौँ । भाद्र ४ गते हुने भनिएको नेपाल–भारत सीमा सुरक्षा...