back
CTIZAN AD

भरतपुर अस्पतालमा दुई व्यक्तिमा कोरोना संक्रमण ! मेडिकल प्रमुख तिवारी भन्छन्–अपवाह फैलाइयो भ्रमका पछि नलाग्नुहोस्

वि.सं.२०७६ फागुन ३० शुक्रवार

1.4K 

shares

३० फागुन, काठमाण्डौं । भरतपुर अस्पतालमा जाँच गरिएका दुई विरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको भन्ने समाचार गलत भएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट श्रीराम तिवारीले बताएका छन् ।

तिवारीले विहिबार दुईबजे पत्रकार सम्मेलन मार्फत् दुईजना विरामीमा कोरोना संक्रमणको आशंकमा गरिएको तर परीक्षणमा नेगेटिभ देखिएको जानकारी विज्ञप्तिमार्फत् दिइएको र त्यहि विज्ञप्तिलाई तोडमोड गरेर पोजेटिभ बनाएर अपवाह फैलाइएको संसारन्युजलाई जानकारी दिएका छन् ।

‘विश्वभरी कोरोनाको त्रास र भय रहेका बेला यसलाई खेलाची गरेर जनमानसमा त्रास फैलाउने काम गरियो’ तिवारीले भने,‘हामीले प्रशासनलाई खबर गरिसकेका छौं प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तो अफवाह फैलाउनेलाई कडाभन्दा कडा कारबाही हुन्छ ।’

त्यसैगरीे अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले पनि उक्त विज्ञप्तिलाई तोडमोड गरेर बाहिर त्रास फैलाइएको बताएका छन् । ‘अस्पतालले दुईजनामा नेगेटिभ भनेर जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरेर समाजमा भ्रम फैलाउने काम भयो ।’ उनले भने ।

यस्तो थियो विहिबार अस्पतालले जारी गरेको विज्ञप्ति

तोडमोड गरिएको झुटो विज्ञप्ति

वि.सं.२०७६ फागुन ३० शुक्रवार ०८:०६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...