
३० फागुन, काठमाण्डौं । भरतपुर अस्पतालमा जाँच गरिएका दुई विरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको भन्ने समाचार गलत भएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट श्रीराम तिवारीले बताएका छन् ।
तिवारीले विहिबार दुईबजे पत्रकार सम्मेलन मार्फत् दुईजना विरामीमा कोरोना संक्रमणको आशंकमा गरिएको तर परीक्षणमा नेगेटिभ देखिएको जानकारी विज्ञप्तिमार्फत् दिइएको र त्यहि विज्ञप्तिलाई तोडमोड गरेर पोजेटिभ बनाएर अपवाह फैलाइएको संसारन्युजलाई जानकारी दिएका छन् ।
‘विश्वभरी कोरोनाको त्रास र भय रहेका बेला यसलाई खेलाची गरेर जनमानसमा त्रास फैलाउने काम गरियो’ तिवारीले भने,‘हामीले प्रशासनलाई खबर गरिसकेका छौं प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तो अफवाह फैलाउनेलाई कडाभन्दा कडा कारबाही हुन्छ ।’
त्यसैगरीे अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले पनि उक्त विज्ञप्तिलाई तोडमोड गरेर बाहिर त्रास फैलाइएको बताएका छन् । ‘अस्पतालले दुईजनामा नेगेटिभ भनेर जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरेर समाजमा भ्रम फैलाउने काम भयो ।’ उनले भने ।
यस्तो थियो विहिबार अस्पतालले जारी गरेको विज्ञप्ति
तोडमोड गरिएको झुटो विज्ञप्ति
वि.सं.२०७६ फागुन ३० शुक्रवार ०८:०६ मा प्रकाशित