back
CTIZAN AD

अस्पतालमा ‘आइसोलेशन कक्ष’ -सीमामा उच्च निगरानी

वि.सं.२०७६ फागुन ३० शुक्रवार

813 

shares

३० फागुन, कञ्चनपुर । कोभिड– १९ का शङ्कास्पद बिरामीका लागि सुदूरपश्चिम सरकारले प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना गरेको छ । आवश्यक स्वास्थ्यकर्मीसहित कक्ष स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

शङ्कास्पद देखिएका बिरामीको उपचारका लागि अस्पतालमा दुई श्ययासहितका आइसोलेशन कक्ष स्थापना गरेका छौँ”, उनले भने “सीमा क्षेत्रमा राखिएका स्वास्थ्य हेल्थ डेस्कमा तयारी अवस्थामा एम्बुलेन्ससमेत राखिएको छ । पूर्वतयारी गरिएको छ ।” कञ्चनपुरको महाकाली, कैलालीको सेती अस्पतालसहित अन्य जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको जनाइएको छ ।

कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमानाकामा रहेका हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्था गरिएको छ । “आइसोलेशन कक्षसहित स्वास्थ्यकर्मीको व्यवस्था भइसके पनि आवश्यक औषधि र उपकरणका लागि आपूर्ति शाखालाई भनेका छौँ”, सूचना अधिकारी खड्काले भने, “एक\दुई दिनभित्र त्यसको पनि व्यवस्था हुन्छ ।” शङ्कास्पद बिरामीको खकार, सिँगान र रगतको नमूना सङ्कलन गरी जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पतालले प्रदेशमा रहेको प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

सङ्कलित नमूनाको पहिचान र निदानका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । उनका अनुसार प्रदेशका १२ वटा स्थानमा हेल्थ डेस्क सञ्चालनमा रहेका छन् । भारतबाट आउने बिरामीमाथि निगरानी गरी सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कमा थर्मल स्क्यानगरका माध्यमबाट जाँचपछि मात्रै नाका प्रवेश गर्न दिने गरिएको छ । सो भाइरसबारे सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतनामूलक कार्यक्रमसमेत आयोजना भइरहेका छन् ।

स्थानीय तहले सरोकारवालासँग बैठक अन्तक्र्रियालगायतका कार्यक्रम गरी सो भाइरसको जोखिम बारे सचेत गराउँदै आएको छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत कपिलदेव जोशीले भाइरस प्रभावित स्थानबाट यात्रा गरी फर्किने यात्रुले घर वा बासस्थानमा फर्केको दिनदेखि १४ दिनसम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापबारे पर्चा पम्लेटका माध्यमबाट जानकारी दिने कार्य भइरहेको जानकारी दिए ।

“भारतमा कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल फर्कनेमाथि निगरानी राख्ने कार्य भइरहेको छ”, उनले भने, “सीमा नाका भएर आवतजावत गर्नेलाई सावधानी अपनाउनका लागि भन्दै आएका छौँ । थर्मल स्क्यानरको सहायताले स्वास्थ्य जाँचसमेत हुँदै आएको छ ।” हालसम्म सुदूरपश्चिम क्षेत्रमा कोरोना भाइरसका शङ्कास्पद बिरामी भने फेला परेका छैनन् । रासस

वि.सं.२०७६ फागुन ३० शुक्रवार ०८:४५ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...