३० फागुन, काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
मध्य वानेश्वर स्थित यस संस्थाले अधिकृत (आठौ तह) मा १, सहायक अधिकृत (सातौं तह) मा केहि, सहायक अधिकृत (सातौं तह) मा केहि, सहायक अधिकृत (सातौं तह) मा १, सहायक ईकाई प्रवन्धक ( सहायक चतुर्थ तह) मा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्नो वायोडाटा, पिपी साइजको ३ प्रति फोटो, शैक्षिक योग्यताका सम्पूण कागजात, नागरिकता, तालिम तथा अनुभवहरुको प्रमाणपत्रको प्रतिलिपीका साथ आफ्नो सम्पर्क नं. उल्लेख गरि यहि चैत २५ गते भित्र आवेदन दिनुपर्ने छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १०:३८ मा प्रकाशित
























