back
CTIZAN AD

प्रदिप परियारलाई ग्लोबल लिडर्स अवार्ड

वि.सं.२०७६ फागुन ३० शुक्रवार

1.1K 

shares

३० फागुन । विश्व आर्थिक मञ्च(वल्र्ड इकोनोमिक फोरम)ले समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारलाई यो वर्षको ‘योङ ग्लोबल लिडर्स (वाइजीएल) २०२० को सम्मान दिएको छ।

१८ वर्षदेखि युवा सशक्तिकरण र समानताको क्षेत्रमा पुर्‍याएको योगदान र नेतृत्त्व क्षमता तथा सम्भावनालाई कदर गर्दै परियारलाई मञ्चले सम्मान गरेको हो।

वक्तव्यमा भनिएको छ ‘युवा सशक्तीकरण, शान्ति निर्माण र दलित एवम् सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु¥याएको योगदान र सम्भावनाको आधारमा उहाँलाई वाईजीएल अवार्ड प्रदान गरिएको हो ।

यसअघि नेपालबाट गगन थापा, आसुतोष तिवारी, छिरिङ लामा लगायतले यो सम्मान पाएका थिए । विश्व आर्थिक मञ्जले हरेक बर्ष विश्वभरबाट सय जना नेतृत्वमा जाने सम्भावना भएका व्यक्तिहरुलाई यस्तो सम्मान दिने गरेको छ। ४० भन्दा कम उमेरका व्यक्तिलाई विश्व आर्थिक मञ्चले उक्त सम्मान दिने गरेको छ।

परियार यसअघि युवा संस्थाहरुको संजाल युवा संस्था महासंघको पनि अध्यक्ष भइसकेका व्यक्ति हुन्। परियार सामाजिक न्याय, युवा अधिकार लगायतका विषयमा विगत दुई दशकदेखि सक्रिय छन्।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १०:४५ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...