१ चैत, घाना। गैरआवासीय नेपाली संघ (एनआरएनए) घानाले कोरोना संक्रमण सम्बन्धी आफ्ना सदस्यहरुलाई जागरुक तथा सजग गराएको छ ।
परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका बारेमा सबैलाई थाहा भइसकेको र अफ्रिकाका विभिन्न देशहरुमा फैलिइसकेकोले पहिलो भाइरस संक्रमणबाट बच्ने र दोश्रो संक्रमण भइहालेमा समयमै उपचार गराउनु उपयुक्त हुने भन्दै सजग गराएको हो ।
चिसो ठाउँमा मात्र फैलने भनिएको यो भाइरस अफ्रिकाको अनेक देशमा देखिएको तथा पछिल्लोपटक घानामा पनि दुईजनामा संक्रमण भएको पुष्टि भएकोले सावधानी अपनाउन अध्यक्ष रोशन श्रेष्ठले अनुरोध गरेका छन् ।


वि.सं.२०७६ चैत १ शनिवार १२:२५ मा प्रकाशित






























