back
CTIZAN AD

फेकनको चुनाब चैत्र २९ मा, अध्यक्ष पदमा भुपाल तामाङको दाबेदारी

वि.सं.२०७६ चैत १ शनिवार

1.5K 

shares

‘संगठन सातै प्रदेशमा विस्तार गर्ने, आफ्ना सदस्यहरुको व्यवशाय अभिवृद्धिका लागि क्यानाडा लगायतका अन्य सम्भावित गन्तब्यहरु पहिचान गरि कुटनीतिक सम्वन्ध बिस्तार गर्ने, शिक्षा मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुसंग समन्वयका साथै खबरदारी गर्ने र फेकनलाई आगामी दिनमा परामर्श क्षेत्रको सबै भन्दा ठुलो तथा प्रभावकारी संगठन बनाउने ‘

१ चैत्र काठमाडौं । शैक्षिक परामर्शदाताहरुको संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को निर्बाचन चैत्र २९ मा हुने भएको छ । चुनाब हुने भएसंगै चुनावी सरगर्मी बढेको छ ।

यहि चैत्र २२ गते फेकनको नवौं बार्षिक साधारण सभा हुँदैछ भने चैत्र २९ गते कार्यसमितिको निर्बाचन हुँदै छ । उक्त निर्बाचनमा हालका महासचिव भुपाल तामाङ्गले अध्यक्ष पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन । तामाङ्गले आफ्नो कार्यकालमा फेकनको संगठन निर्माणमा सक्रिय भूमिका निर्बाह गरि फेकनलाई शैक्षिक परामर्श क्षेत्रको ठुलो संगठनको रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको एक सदस्यले बताए । ती सदस्यका अनुसार अबको अध्यक्ष पदमा तामाङ्गको विकल्प छैन ।

 

परामर्श क्षेत्रमा दशकौं लामो अनुभव बटुलेका तामाङ्गले फेकनमा कार्यकारी सदस्य तथा महासचिवको भूमिका सफलता पुर्वक निर्वाह गरेका छन । बर्तमान कार्य समितिका एक पदाधिकारीका अनुसार आहिलेको कार्य समितिमा तामाङ्गको पक्षमा बहुमत सदस्यहरु रहेका छन भने साधारण सदस्यहरुमा पनि निकै राम्रो पकड रहेको छ । आगामी निर्वाचनमा तामाङ्गको जित सुनिश्चित रहेको बताईएको छ ।

 

संसारन्यूज संगको कुराकानीमा अध्यक्ष पदका प्रत्यासी तामाङ्गले फेकनको संगठन सातै प्रदेशमा विस्तार गर्ने,आफ्ना सदस्यहरुको व्यवशाय अभिवृद्धिका लागि क्यानाडा लगायतका अन्य सम्भावित गन्तब्यहरु पहिचान गरि कुटनीतिक सम्वन्ध बिस्तार गर्ने, शिक्षा मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुसंग समन्वयका साथै खबरदारी गर्ने र फेकनलाई आगामी दिनमा परामर्श क्षेत्रको सबै भन्दा ठुलो तथा प्रभावकारी संगठन बनाउने प्रतिवद्धता व्यक्त गरे ।

नौ वर्षअघि शैक्षिक परामर्शदाताहरु कै अर्को संगठन इकेनले सबैको भावनाको प्रतिनिधित्व गर्न नसकेको भन्दै फेकनको गठन भएको थियो । यो संगठनको बर्तमान अध्यक्ष यूबराज कट्वाल रहेका छन । बिधानतः दुई कार्यकाल भन्द बढी अध्यक्ष हुन नपाउने भए पछि उनी चुनाबि माहोलबाट बाहिरिने छन ।

वि.सं.२०७६ चैत १ शनिवार १९:०१ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...