back
CTIZAN AD

कोरोना भाइरस बारे ज्योतिष र वैदिक सनातन धर्मले यसो भन्दो रहेछ

वि.सं.२०७६ चैत १ शनिवार

825 

shares

कोरोना भाइरस (कोविड १९) अहिले विश्वभर फैलुनमा नाग रिसाएर भएको भन्छन् ज्योतिष निलहरि घिमिरे

युकेमा रहँदै आएका घिमिरेले ज्योतिष र वैदिक सनातन धर्मबारे तथ्य भन्दै उनले नाग आक्रोसित अवस्थामा रहेर विषालु किटाणु ब्याक्टेरिया भाईरस फैलाएको उनको तर्क छ । तसर्थ नागदेवतालाई मनाउने हामी सबैले आ–आफ्नो ठाउँबाट प्रार्थना गर्नुपर्ने उनको भनाइ छ । उनले कोरोनाबाट जोगिन यसरी बैदिक अनुशासन मान्नु पर्ने भन्दै विभिन्न टिप्सहरु दिएका छन् ।

उनले लेखेका छन् :
“COVID19 (Corona virus )  बारे ज्योतिष,र वैदिक सनातन धर्मको तत्थ्य
जन्मकुण्लीमा राहु र केतुको बिचमा सबै ग्रह पर्न गएमा कालसर्प योग परेको मानिन्छ र नाग देवतालाई खुसि पार्न नागको पुजा गर्ने चलन छ ।
राजा परिक्षितलाई पनि नाग रिसाएपछि नागवाट बच्न लाखौ प्रयास गरियो ता पनिनागले किटाणु रुप धारण गरेर डसेर मारे का थिए । यो समयमा सबैग्रह राहु र केतुको बिचमा परेको अवस्था छ जसले विश्वमै कालसर्प योगको प्रभाव परेकोछ तसर्थ नाग रिसाएका छन । नागहरुमा इच्छाधारी शक्ति हुने वर्णन गरिएको छ । शास्त्रमा सम्पुर्ण विषालु किटाणु ब्याक्टेरिया भाईरस आदि नाग कै वर्ग हुन र आज नाग आक्रोसित अवस्थामा छन् ।
तसर्थ नागदेवतालाई मनाउने प्रार्थना सवैले आ–आफ्नो घरबाट गर्नुपर्ने समय हो अहिले । वैदिक सनातन धर्मको सभ्यताले सिकाएको संस्कार अनुरुप दैनिक जीवन चर्या अपनाउनु नै यो विपत्तिवाट जोगिन सकिन्छ ।
कोरोनाबाट जोगिन यसरी बैदिक अनुशासन गरौँ :
प्रत्येक दिन प्रात स्नान गर्नु ।
धोएको शुद्ध बस्र फेर्नु ।
वासि र जुठो खाना नखानु ।
दिसा पिसाप पछि सात चोटी हातधुनु ।
बाहिर बाट घर भित्र आएपछि अरुलाई छुनु छोईनु अगाडि आगो छुनु हात गोडाधनु ।
परबाट नमस्कार गर्नु आदि , यीनै हुन् वैदिग संस्कार आज यो संस्कारको नितान्त आवस्यक्ता भएको छ । र विश्वले अपनाउनु पर्ने समय आएको छ ।
आजका विज्ञानले पनि प्रकृतिले मानवको प्रार्थना सुन्छ भनेको छ र शास्त्रले पनि यहि शिक्षा दिएको छ । घरघरमा शुद्धता धुप दिप पुजा शंखघण्ट ध्वनि जगाइ प्रार्थना गरौ यो विपत्तिबाट बचौ ।”

वि.सं.२०७६ चैत १ शनिवार २०:०३ मा प्रकाशित

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...