back
CTIZAN AD

प्रधानमन्त्रीको स्वास्थ्यमाथि चरम लापरवाही भइरहेको छ-डा. रविन्द्र पाण्डे

वि.सं.२०७६ चैत १ शनिवार

882 

shares

१ चैत, काठमाण्डौं । जनस्वास्थ्य बिज्ञ डा. रविन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमाथि चरम लापरवाही भएको बताएका छन् ।

डा. पाण्डेले प्रधानमन्त्रीले कम्तिमा पनि १ महिना बसेर आराम गर्नुपर्ने अवस्था रहेको बताउदै डिस्चार्ज गर्दा पनि ह्विल चियरमा राख्नुपर्नेमा ह्विल चेयर प्रयोग नगरिएका कारण प्रम झण्डै नलडेको बताएका छन् ।

डा. पाण्डेले डिस्चार्जका क्रममा देखिएको मिडिया लगायतको भिड किन चाहिएको भन्ने प्रश्न गर्दै प्रमको स्वस्थ्य हट्टाकट्टा देखाएर आफ्नो स्वार्थ पूरा कसलै नगरौं भन्दै प्रधानमन्त्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् । ‘उहाँ हाम्रो प्रम हुनुहुन्छ, हामी हाम्रा प्रमलाई निस्वार्थ प्रेम गर्छौ ।’ डा. पाण्डेले भनेका छन् ।

प्रधानमन्त्रीका निजि चिकित्सक भन्छिन्–’प्रधानमन्त्री नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ’

त्यसैगरी वरिष्ठ  पत्रकार वविता बस्नेतले पनि प्रमको स्वास्थ्यमाथि गरिएको हेलचेक्रयाइका बारेमा आफ्ना धारणा व्यक्त गरेकी छन् ।
वस्नेतले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्

‘पूर्वप्रधानमन्त्री सुशिल कोइराला बिरामी भएर ओछ्यान पर्दा उहाँलाई प्रयोग गरेर जीवन धानी रहेकाहरु ‘तपाई कहाँ यसरी सुत्न पाउनुहुन्छ ? देशलाई तपाईको खाँचो छ, तपाई उठ्नु पर्छ’ भन्थे रे । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा पनि त्यस्तो भइरहेको छ कि जस्तो लाग्छ । उहाँलाई प्रयोग नगरी पनि केही समय धानिन्छु जस्तो लाग्नेहरुले कृपया उहाँलाई आराम गर्न दिनु होला । प्रधानमन्त्रीलाइ टेलिभिजनमा हेर्दा अहिले डिस्चार्ज गर्न हुन्थ्यो जस्तो लागेन । साधारण पत्थरीको अप्रेशनमा त मानिसलाई लामैं समय आरामको जरुरी हुन्छ । हामीले बुझ्न जरुरी छ कि यो संसार हामी रहुन्जेलका लागि मात्रै हो र हामी नरहेपनि यसैगरी चलि रहनेछ ।।। प्रधानमन्त्रीज्युलाई ‘अब तपाई ठिक भइसक्नु भो’ भन्नेहरु उहाँका शुभचिन्तक होइनन । पूर्ण स्वस्थ भएपछि मात्र काममा फर्कन आग्रह गर्दै स्वास्थ लाभको कामना !
१२ दिनको अस्प्ताल बसाईपछि शुक्रबार बेलुका टिचिङ अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली शनिबारदेखि नै भेटघाटमा व्यस्त देखिएको तस्बिरहरु सार्वजनिक भएका छन् ।

केही दिन अगाडि मात्र प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्रीलाई पूर्ण स्वस्थ्य हुनका लागि ६ महिना लाग्ने कुरा बताएको बाहिर आइसकेको र प्रधानमन्त्री नियमित चिकित्सकको निगरानीमा रहनुपर्ने र आवस्यकता अनुसार काम गर्ने भनेर प्रधानमन्त्रीकी निजि चिकित्सक दिव्या सिंहले समेत शुक्रबार बताएकी थिइन् । तर, प्रधानमन्त्री भने विस्तरामा बसेर स्वाथ्यलाभ गर्नुपर्ने बेलामा कुर्सीमा बसेर भेटघाट तथा कुराकानीमा व्यस्त भएको देख्न सकिन्छ । भलै देश र जनताका लागि प्रधानमन्त्रीमा जुनसुकै परिस्थितिमा पनि सहज वातावारण बनाउन सक्ने इच्छाशक्ति भित्रैदेखि आएपनि उनले आफ्नो उमेर अवस्थालाई ख्याल गर्दै केही समय आराम गर्नुपर्ने पनि शुभचिन्तकहरु बताउँछन् ।’

फोटो- प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाको वालबाट लिइएको

वि.सं.२०७६ चैत १ शनिवार २१:२२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...