३० फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली १२ दिनको अस्पताल बसाईएपछि घर फर्किएका छन् ।
शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री चिकित्सकको नियमित निगरानीमा रहनुपर्ने प्रधानमन्त्रीका निजि चिकत्सक तथा मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख दिव्या सिंह शाहले बताएकी छन् ।
शाहले प्रधानमन्त्री चिकित्सकको नियमित निगरानीमा बस्नुपर्ने र यस पश्चात शतर्कताका साथ आफ्नो नियमित आवस्यक सबै कार्यहरु गर्न सक्ने पनि बताएकी छन् ।
उनले प्रधामन्त्रीलाई पूर्ण स्वास्थ्यलाभ पछि अस्पतालाबाट डिस्चार्ज गरिएको बताउँदै प्रधानमन्त्रीको vital तथा Lab parameter हरु राम्रो अवस्थामा रहेको समेत बताएकी छन् ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार २१:०१ मा प्रकाशित






























