back
CTIZAN AD

‘बेल्जियमले कठोर निर्णय लियो, नेपाल सरकारले ढिला नगरोस्’

वि.सं.२०७६ फागुन ३० शुक्रवार

846 

shares

संसारभरी फैलिएको कोरोना भाइरसका कारण विश्वका धेरै देश त्यसको विरुद्ध लड्न तथा नियन्त्रणका लागि लागि परेका छन् ।
कोरोना भाइरसबाट निम्तने संभावित दुर्घटनाबाट बच्नका लागि बेल्जियम सरकारले नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर आजदेखि सख्त सावधानी र सचेतताको लागि देशभर कठोर नियम लागू गरेको छ ।

कर्मभूमिले लागू गरेको कठोर नियम र मातृभूमिमा सरकारको कोरोना भाइरससँग लड्नका लागि व्याप्त तयारी भएको नेदेखेको बताएका लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले नेपालले पनि सावधानी र सचेतताको लागि निर्णय लिन ढिला नगरोस् भनेका छन् ।

आचार्यले भनेका छन्
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले विश्व नै संकटमा परेको छ । अंग्रेजीमा भनिन्छ “Prevention is better than cure.” यसर्थ, जनतामा कोरोना भाइरसको संक्रमण देखिएका राष्ट्रहरूले थप संक्रमण नफैलियोस भन्ने ध्येयले नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर सख्त सावधानी र सचेतताको लागि देशभर कठोर नियम लागू गरेका छन् ।

त्यसैगरि बेल्जियमको राष्ट्रीय सुरक्षा परिषदले पनि आज देखी लागु हुने गरि अप्रिल ३ सम्मका लागि क्याफे, रेष्टुरेन्ट, स्कूल, विश्वविद्यालय र सामूहिक भेला हुने सबै प्रकारका इभेन्टहरू नगर्न राष्ट्रव्यापी निर्देशन जारी गरेको छ । खाद्य पदार्थ बिक्री वितरण गर्ने सुपर मार्केट, औषधि पसल र सार्वजनिक यातायात भने सुचारू रहने जनाइएको छ ।

हिजोसम्म बेल्जियममा ३९९ जनामा संक्रमण देखिएको छ भने ३ जनाले यसबाट जीवन गुमाएको समाचार प्रकाशमा आएको छ ।

तर नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट कुनै नेपालीले जीवन गुमाउनु परेको छैन् । यो हाम्रो लागि सुखद समाचार हो । यद्यपि नेपाल सरकारले पनि तत्काल संक्रमण नफैलियोस भन्ने ध्येयले नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यथासिघ्र अन्तरराष्ट्रिय उडानहरूको आवागमन स्थगन गर्दै देशभरका खुला रहेका सिमा नाकाहरू अनिश्चित समयको लागि बन्द गर्दै देशभर सावधानी र सचेतताको लागि उपयुक्त निर्णय लिन ढिला गर्नु हुदैन ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार २१:२८ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...