back
CTIZAN AD

अमेरिकाबाट सवि थापा र कुवेतबाट सुरज मास्केले गरे मुगुका दलितलाई आर्थिक सहयोग

वि.सं.२०७६ फागुन ३० शुक्रवार

1.2K 

shares

संसार न्यूज, ३० फागुन,मुगु ।  बिदेशमा धन कमाउन गएका नेपालीले मुगुका एक श्रीमति गुमाएका विपन्न अवस्था भएकालाई आर्थिक सहयोग गरेका छन् ।

छायाँनाथ रारा नगरपालिका–१० स्थित जिउलागाउ“का रामबहादुर बिकका बच्चालाई पालनपोषणको निम्ति अमेरिकाको मेरिल्याण्डमा रहेकी समाजसेवी सबि थापा ले ५० हजार र कुबेतमा रहेका सुरज मास्केले ५ हजार गरि कूल ५५ हजार नगद सहयोग गरेका हुन् ।

गत पुस २३ गते रामबहादुर बिककी श्रीमति धनरुपा बिक सुत्केरी हुने क्रममा अत्याधिक रक्तश्रावका कारण मृत्यू भई दुई छोरा र दुईछोरी टुहुरा बनेपछि पालनपोषणको लागि थापा र मास्केले ५५ हजार रकम सहयोग उपलब्ध गराएका छन् ।

उपचारको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै अकालमा धनरुपाको ज्यान गएको समाचार संसार न्यूजअनलाईन र बिभिन्न राष्ट्रिय दैनिकमा प्रसारण तथा प्रकाशन भएपछि सहयोगी मन भएका थापा र मास्केले आर्थिक सहयोग गर्न तम्सिएका हुन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको हातबाट उक्त ५५ हजार नगद मृतक धनरुपाका श्रीमानलाई हस्तान्तरण गरिएको छ ।

राहत हस्तान्तरणमा जिल्लामा कार्यरत सम्पूर्ण संचारकर्मीको सहभागीता रहेको थियो ।

उक्त रकम संसार न्यूजअनलाइनकी प्रबन्ध सम्पादक चन्दा थापा मार्फत् मुगुका कान्तिपुर दैनिकका उपसम्पादक राजबहादुर शाहीले शुक्रबार प्रशासनमा संचारकर्मी र प्रजिअको रोबहरमा पीडितलाई उपलब्ध गराएका छन् ।

बिदेशमा बसेर यस्तो दुर्गम ठाउमा श्रीमति गुमाएका विकलाई आर्थिक सहयोग गर्ने ब्यक्तिलाई प्रजिअ निरौलाले धन्यबाद दिएका थिए ।
सहयोगी मनलाई भगवानले साथदिने फलिफाप हुने उनको भनाई थियो । संचारकर्मीले सकरात्मक कलम चलाउदा पिडित यस्तै क्षेत्रमा टेवा पुगेको प्रजिअको भनाई छ ।

श्रीमति गुमाएर अन्त्यन्तै चिन्तित बनेका बिक बच्चालाई पालनपोषणको लागि ५५ हजार रकम हातमा पर्दा मन उज्यालो बनाएका थिए ।
उक्त आर्थिक सहयोग चारजना बच्चालाई पढाउन जुत्ता कपडा किन्न र नुन चामल किन्नमा खर्च गर्ने बिकले हस्तान्तरण कार्यक्रममा बताएका थिए ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार २१:५३ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...