
संसार न्यूज, ३० फागुन,मुगु । बिदेशमा धन कमाउन गएका नेपालीले मुगुका एक श्रीमति गुमाएका विपन्न अवस्था भएकालाई आर्थिक सहयोग गरेका छन् ।
छायाँनाथ रारा नगरपालिका–१० स्थित जिउलागाउ“का रामबहादुर बिकका बच्चालाई पालनपोषणको निम्ति अमेरिकाको मेरिल्याण्डमा रहेकी समाजसेवी सबि थापा ले ५० हजार र कुबेतमा रहेका सुरज मास्केले ५ हजार गरि कूल ५५ हजार नगद सहयोग गरेका हुन् ।
गत पुस २३ गते रामबहादुर बिककी श्रीमति धनरुपा बिक सुत्केरी हुने क्रममा अत्याधिक रक्तश्रावका कारण मृत्यू भई दुई छोरा र दुईछोरी टुहुरा बनेपछि पालनपोषणको लागि थापा र मास्केले ५५ हजार रकम सहयोग उपलब्ध गराएका छन् ।
उपचारको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै अकालमा धनरुपाको ज्यान गएको समाचार संसार न्यूजअनलाईन र बिभिन्न राष्ट्रिय दैनिकमा प्रसारण तथा प्रकाशन भएपछि सहयोगी मन भएका थापा र मास्केले आर्थिक सहयोग गर्न तम्सिएका हुन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको हातबाट उक्त ५५ हजार नगद मृतक धनरुपाका श्रीमानलाई हस्तान्तरण गरिएको छ ।
राहत हस्तान्तरणमा जिल्लामा कार्यरत सम्पूर्ण संचारकर्मीको सहभागीता रहेको थियो ।
उक्त रकम संसार न्यूजअनलाइनकी प्रबन्ध सम्पादक चन्दा थापा मार्फत् मुगुका कान्तिपुर दैनिकका उपसम्पादक राजबहादुर शाहीले शुक्रबार प्रशासनमा संचारकर्मी र प्रजिअको रोबहरमा पीडितलाई उपलब्ध गराएका छन् ।
बिदेशमा बसेर यस्तो दुर्गम ठाउमा श्रीमति गुमाएका विकलाई आर्थिक सहयोग गर्ने ब्यक्तिलाई प्रजिअ निरौलाले धन्यबाद दिएका थिए ।
सहयोगी मनलाई भगवानले साथदिने फलिफाप हुने उनको भनाई थियो । संचारकर्मीले सकरात्मक कलम चलाउदा पिडित यस्तै क्षेत्रमा टेवा पुगेको प्रजिअको भनाई छ ।
श्रीमति गुमाएर अन्त्यन्तै चिन्तित बनेका बिक बच्चालाई पालनपोषणको लागि ५५ हजार रकम हातमा पर्दा मन उज्यालो बनाएका थिए ।
उक्त आर्थिक सहयोग चारजना बच्चालाई पढाउन जुत्ता कपडा किन्न र नुन चामल किन्नमा खर्च गर्ने बिकले हस्तान्तरण कार्यक्रममा बताएका थिए ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार २१:५३ मा प्रकाशित