Logo
८ कार्तिक २०७८, सोमबार
     Mon Oct 25 2021
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् यी राशिकालाई हुन्छ फलिफाप



मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानको समय लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । मिहिनेतले घर(गृहस्थीमा समृद्धि निम्त्याउन सकिनेछ । व्यापारमा मनग्य अर्थलाभ हुनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ । वादविवादबाट सजग रहनुहोला । मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर विशेष लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन् । आँटेको काम बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिहानको समयमा साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । दिउँसोदेखि सहयोगीहरू टाढिन सक्छन् । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । तापनि कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । विद्या र धन आर्जनमा सामान्य प्रगति हुनेछ । तर आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि अलमल्याउन सक्छन्। हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता नै आउनेछ । दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । तर आगन्तुकले अलमल्याउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ। कामको योजना स्थगित हुन सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ काममा जुट्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पेसा–व्यवसाय फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा मनग्य फाइदा हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिउँसोदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा प्रशस्त फाइदा हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा अरूका लागि समय खर्चनुपर्ला । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । भेटघाटले काम गर्ने अवसर दिलाउनेछ । अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ ।

चैत १ मार्च १४
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् (फागुन ३० गते) को राशिफल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी