back
CTIZAN AD

पूर्वमिस नेपाल उषा खड्गीले गरिन् सम्बन्ध विच्छेद

वि.सं.२०७६ चैत २ आइतवार

702 

shares

काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीले सम्बन्ध बिच्छेद गरेकी छन् । उनले १७ वर्षअघि जिपी तिमल्सिनासँग विवाह गरेकी थिइन् ।

खड्गीले विवाह भएको १७ वर्ष पछाडी आफूमाथि निरन्तर रुपमा हिंसा भएकाले सम्बन्ध विच्छेद गर्ने निर्णण गरेको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘विवाहको १७ वर्ष पछि यदि मैले शारीरिक र मानसिक दुव्र्यवहार सहनु पर्छ भने त्यहाँ जारी राख्न कुनै आधार छैन । अब हुँदैन भन्छु ।’ साथै उनले माया र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै यसले आफूलाई अगाडि बढ्न थप बलियो बनाउन बताएकी छन् ।

दुई वर्षको प्रेम सम्बन्धपछि जिपी र उषाको विवाह भएको थियो । उनीहरुको एक छोरा र एक छोरी छन् ।

वि.सं.२०७६ चैत २ आइतवार १३:३१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...