back
CTIZAN AD

‘क्रिश्चियनमाथिको आक्रमण ईश्वरमाथिको आक्रमण हो’

वि.सं.२०७३ पुस २ शनिवार

1K 

shares

२ पुस, कायरो (इजिप्ट) । इजिप्टका धार्मिक मामिला हेर्ने मन्त्री मोख्तार गोमाले क्रिश्चियनविरोधी आक्रमण ईश्वरमाथिको आक्रमण भएको शुक्रबार बताउनुभएको छ ।

मन्त्री गोमाले इस्लाम धर्म गुरु प्रोफेट मोहम्मदको भनाई उद्धृत गर्दै अल्पसङ्ख्यकमाथि आक्रमण गर्नु ईश्वरविरुद्धको आक्रमण भएको बताउदै भन्नुभयो, “जसले इस्लामिक समाज गैर मुसलमान (धिम्नी) माथि आक्रमण गर्छ, उसले मलाई हानी गर्छ र जसले मलाई हानी गर्छ उसले ईश्वरमाथि अनिष्ट गरेको ठहर्नेछ ।”

मन्त्री गोमाको यो भनाई इजिप्टमा गत हप्ता २६ जनाको ज्यान जानेगरी कायरोस्थित उक चर्चमा भएको आत्मघाती आक्रमणप्रति अतिवादी इस्लामिक समूहलाई सङ्केत गर्दै आएको हो ।

एक धार्मिक प्रवचनमा मन्त्री गोमाले कायरोका सबै चर्चमा सुरक्षा अवस्था कडा पारेको समेत बताउनुभयो ।

आइतबारको आक्रमण करिब एक सय वर्ष पुरानो सेन्ट मार्कसको गिर्जाघरमा भएको आक्रमण यहाँका अल्पसङ्ख्यक क्रिश्चियनमाथि भएको केही विभत्स घटनामध्ये एक हो ।

घटनाको इजिप्टस्थित इस्लामिक स्टेट (आईएस) समूहसँग आवद्ध समूहले जिम्मेवारी लिएको थियो ।

सरकारी अधिकारीले उक्त घटनामा इजिप्टको प्रतिबन्धित मुश्लिम ब्रदरहुड ग्रुपको संलग्नता रहेको जनाएको थियो । एपी

वि.सं.२०७३ पुस २ शनिवार ०३:२० मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...