back
CTIZAN AD

कार्कीको मृत्यु कोरोनाबाट भन्ने भएको समाचार झुठो हो – सुदुरपश्चिम समाज दक्षिण कोरिया

वि.सं.२०७६ चैत ३ सोमवार

801 

shares

३ चैत्र, काठमाडौँ । दक्षिण कोरियाबाट फर्किएका एक नेपालीको कोरोनाका कारण ज्यान गएको भन्ने समाचारप्रति सुदुरपश्च्मि समाज दक्षिण कोरियाले खेद व्यक्त गरेको छ ।

केही अनलाइनहरुमा कोरियाबाट फर्किएका नविन कार्कीको कोरोनाका कारण मृत्यु भएको भन्ने समाचार प्रकाशित गरेको समाचार झुठो भएको बताइएको हो ।

समाचारको खण्डन गर्दै समाजले कार्की कोरियाबाट नोभेम्बर २०१७ मै नेपाल फर्किएको उल्लेख गरेको छ । कार्कीको मृत्य कोरोनाका कारण नभै अन्य कुनै कारणले भएको सूचनामा जानकारी गराइएको छ ।

समाजद्वारा सम्प्रेषित सूचनामा झुठो समाचारबाट त्रसित नहुन र कोरोनाबाट सचेत रहन कोरियामा रहेका सम्पूर्ण नेपालीमा आग्रह गरिएको छ ।

कैलाली जिल्ला लम्की चुहा नगरपालिका वडा न ६ का नवीन कार्कीको मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो ।
कार्की कोरियामा कार्यरत रहँदा सुदुर पश्चिम समाज दक्षिण कोरियाका पुर्बअध्यक्ष रहेका थिए ।

कार्कीको निधनबाट आफू निकै दुखी भएको नेपाली सम्पर्क समिति(एनसीसी) दक्षिण कोरियाकी अध्यक्ष अन्जु केसी बताउँछिन् । उनका अनुसार कार्की कोरियामा हुँदा हरेक संघसंस्थामा आवश्यक अनुसार सबैसंग हातेमालो गर्दै सबै संग मिलनसार र खुलेर बोल्ने सहयोगी मनका व्यक्ति हुन् ।

वि.सं.२०७६ चैत ३ सोमवार १५:१० मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...