५ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही निकटस्थ नेताहरुसँग गुनसो बढाउन थालेका छन् ।
‘तपाईहरुको दवाव भनौ कि, सदासयता मानौं, कार्यकारी अध्यक्षका रुपमा कामगर्ने भन्ने (कुरा) आयो तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ?’ केही अत्यन्त निकट आफ्ना नेताहरु र प्रचण्डलाई साथ दिएका पूर्व एमालेका केही नेताहरुसँग पछिल्लो भेटमा अध्यक्ष प्रचण्डले दुखेसो सुनाएको समाचार प्रकाशित भएको छ ।
सो समाचारका अनुसार प्रचण्डले ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र उनको सचिवालयको प्रस्तुति र तौरतरिका फरक हुन थालेको, वामदेवलाई राष्ट्रियसभामा पठाउने पार्टीको संस्थागत निर्णयलाई लिएर अध्यक्षले मनपरी बोल्ने, सचिवालयको बैठकमा आफ्ना कुरा राखेर हिडिहाल्न खोज्ने र आज कुरा यत्ति हो-टुंगियो भनिदिने’ जस्ता कुरा सुनाएका थिए । सँगै रहेका नेताहरु प्रचण्ड नै आश्चर्यमा परेको सुनाउँदा हेराहेर मात्र गरेको बताइएको छ ।
मिर्गौला प्रत्यारोपणका पछिल्ला दिनमा ‘इन्फेक्सनबाट जोगाउने’ भन्दै प्रचण्डको कुर्सी सारिएको समाचार पनि जनआस्थाले लेखेको छ ।
वि.सं.२०७६ चैत ५ बुधवार ०९:३३ मा प्रकाशित






























