५ चैत, असुनसियोन, पराग्वे । यो वर्षको ग्रीष्म ऋतुमा अर्जेन्टिनामा हुनेगरी तय भएको दक्षिण अमेरिकाको प्रमुख प्रसिद्ध फुटबल प्रतिस्पर्धा ‘कोपा अमेरिका’ एक वर्ष पछि सन् २०२१ मा हुनेगरी स्थगित गरिएको छ ।
कोरोनाभाइरसको प्रकोप विश्वव्यापी बनिरहेका समय कोपा अमेरिकालाई पनि यसको प्रभाव पर्ने देखिएपछि एक वर्षपछि सारिएको आयोजक दक्षिण अमेरिकी फुटबल सङ्घले मङ्गलबार बताएको हो ।
कोपा कप फुटबलबारे यो निर्णय युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले यूरो कप फुटबल–२०२० लाई एक वर्षपछि गर्ने गरी आएको सूचना लगत्तै आएको हो ।
कोपा कप यसैवर्षको जुन ११ देखि जुलाई ११ सम्म हुने कार्यक्रम तय भएको थियो । खेल यसवर्ष पहिलो पटक दुई मुलुक अर्जेन्टिना र कोलम्बियामा गरिने भएको थियो भने दक्षिण अमेरिकी मुलुकबाहेक कतार र अष्ट्रेलिया पनि आमन्त्रित समूहका रूपमा समावेश गरी १२ मुलुकका फुटबल समूहले प्रतिस्पर्धामा सहभागिता जनाउने तयारी रहेको थियो । (रासस÷एएफपी)
वि.सं.२०७६ चैत ५ बुधवार ०९:३१ मा प्रकाशित



























