back
CTIZAN AD

टिम्स कार्ड’ छल्ने छल्ने प्रवृतिमा बृद्धि

वि.सं.२०७३ पुस २ शनिवार

936 

shares

वासुदेव पौडेल, २ पुस, पोखरा । अन्नपूर्ण पदयात्रा मार्गमा काउन्टर व्यवस्थित हुन नसक्दा टिम्स ९पदयात्री सूचना व्यवस्थापन प्रणाली०कार्ड छल्ने क्रम नियन्त्रण हुनसकेको छैन ।

नेपालमा पर्यटन व्यवसायको महत्वपूर्ण हिस्सा ओगटेको पदयात्रा पर्यटनलाई व्यवस्थापन गर्नका लागि ६ वर्ष अघिदेखि पदयात्रीका लागि अनिवार्य ‘टिम्स कार्ड’ लिनुपर्ने व्यवस्था गरिए पनि अन्नपूर्ण सर्किटमा टिम्स कार्ड छल्दै जाने पर्यटकको सख्यामा बृद्धि हुँदै गएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतपर्ने अन्नपूर्ण सर्किटमा जाने पदयात्रीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप०को प्रवेश कार्ड र टिम्स कार्ड लिनुपर्ने भए पनि एक्यापको कार्ड लिने तर टिम्स कार्ड सकेसम्म छल्ने प्रवृत्ति देखिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताउनुभयो ।

टिम्स कार्ड छल्ने प्रवृति बढेसँगै नेपाल पर्यटन बोर्ड पोखराले म्याग्दीको तातोपानीस्थित टिम्स काउन्टरका साथै अन्नपूर्ण सर्किटको मुख्य प्रवेश मार्ग लम्जुङको बँेसीसहरमा हालै अनुगमन एवम् निरीक्षण गरेको जानकारी दिँदै उहाँले अनुगमनका क्रममा पनि टिम्स कार्ड छल्ने गरेको पाइएको बताउनुभयो ।

भएका टिम्स काउन्टरको प्रभावकारी व्यवस्थापन गर्न सकिए टिम्स छल्ने प्रवृतिलाई नियन्त्रण गर्न सकिने थपलियाको भनाइ छ ।

टिम्स कार्डको वितरण नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल९टान०ले गर्दैं आएका छन् । टिम्स काउन्टरको व्यवस्थापन गर्ने जिम्मा टानलाई छ भने त्यसको अनुगमनको जिम्मा नेपाल पर्यटन बोर्डलाई छ ।

टिम्स कार्ड छलेको पदयात्री पाइएमा त्यसलाई समाएर अनिवार्य कार्ड लिन लगाइए पनि अन्य कारबाहीको भने व्यवस्था छैन ।

टान पश्चिमाञ्चलका पूर्व अध्यक्ष रामचन्द्र शर्माका अनुसार कतिपय टे«किङ एजेन्सिज आफँै टिम्स कार्ड छलेर पर्यटकलाई पदयात्रा गराउने गरेका कारण पनि समस्या बढ्दै गएको छ ।

टिम्स कार्डको अनिवार्यता सम्बन्धमा पर्यटकलाई सचेतना गराउने किसिमका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डले टिम्स कार्डबापत प्रति पदयात्री दुई हजार रुपैयाँ लिने गरेको र टानले समूहगत रुपमाप्रति पदयात्री रु एक हजार लिने गरेको शर्माले जानकारी दिनुभयो ।

टिम्स कार्डको बिक्रीबाट सङ्कलित रकम बोर्ड र टानले समझदारीमा खर्च गर्नुपर्ने व्यवस्था छ । सङ्कलित रकममध्ये ३० प्रतिशत बोर्डको र ३० प्रतिशत टानको भागमा पर्छ भने बाँकी ४० प्रतिशतमा ३० प्रतिशत यी दुबै संस्थाले संयुक्त रूपमा पर्यटकीय विकासमा र १० प्रतिशत मजदुर कल्याणकारी कोषमा खर्च गर्नुपर्ने प्रावधान छ । अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत बेँसीसहर, धम्पुस, वीरेठाँटी र तातोपानीमा टिम्स काउन्टर रहेका छन् ।

अन्नपूर्ण सर्किटको मुख्य पदयात्रा गर्ने समय सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मे सम्म भएको टिम्स काउन्टर बेँसीसहरमा कार्यरत कर्मचारी मीना गुरुङले जानकारी दिनुभयो ।

पदयात्राका लागि आउने पर्यटकको काउन्टरबाट टिम्स कार्ड भए नभएको जाँच गर्ने गरिए पनि कतिपय पर्यटक टिम्स कार्ड छल्ने उद्देश्यले नै आउने गरेको पाइएको उहाँको भनाइ छ ।

पछिल्ला दिन चिसो बढ्दै गएका कारण अन्नपूर्ण सर्किटमा पदयात्रीको सङ्ख्या ह्वात्तै घटेको पनि उहाँले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ पुस २ शनिवार ११:१० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...