back
CTIZAN AD

पर्यटकीय सम्भावना बोकेको भम्केपानी क्षेत्र ओझेलमा

वि.सं.२०७३ पुस २ शनिवार

810 

shares

२ पुस, कञ्चनपुर ।  पर्यटकीय सम्भावना बोकेको कञ्चनपुर झलारी पिपलाडी नगरपालिकास्थित वृन्दावन सामुदायिक वन क्षेत्रमा पर्ने भम्केपानी क्षेत्र ओझेलमा परेको छ ।

प्रचारप्रसार र संरक्षण संवद्र्धनको अभावमा भम्केपानी क्षेत्र ओझेलमा परेको हो । हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ । कुण्डमा रहेको पानी आफै माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी रहन गएको स्थानीयवासी डिल्लीप्रसाद चौधरीले बताउनुभयो ।

कुण्डमा रहेको पानी पहिला पहिला दुई फुटमाथि उफ्रिने गरेको र हाल खोलाले कुण्डलाई काटेर बगाउने अवस्थामा पु¥याएपछि कालिका सामुदायिक वनले संरक्षणका लागि चारैतिरबाट ढुङ्गाको पर्खाल लगाएपछि पानी उफ्रिने क्रममा कमी आएको उहाँले बताउनुभयो ।

कुण्डमा रहेको पानी अनाँैठो तरिकाले उफ्रिने गरेको हेर्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक औषतमा ३० जना भन्दा बढी आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्ने गरेको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

“पिकनिकका लागि पानीको प्रर्याप्तता र यस क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि पुग्नेको सङ्ख्या समेत हाल बढ्दै गएको छ” उहाँले भन्नुभयो । माघे सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।

मेलामा आउनेले कुण्डमा नुहाएमा सबै पाप कर्म नाश हुने र चर्मरोग निको विश्वासका साथ यहाँ मानिसहरु पुग्ने गरेको स्थानीयवासी ढुण्डीराज भण्डारीले बताउनुभयो ।

यस क्षेत्रप्रति थारु समुदायको अगाध श्रद्धा रहेकाले उनीहरुले सोमबारे औँंसी, माघे सङ्क्रान्तिका बेला यस क्षेत्रमा पुगेर पूजा गरी कुण्डमा अनिवार्य नुहाउने गर्दछन् । पौराणिककालदेखि यस क्षेत्रले धार्मिक मान्यता पाउँदै आए पनि यात्रुहरुको सुविधाका लागि भौतिक संरचना निर्माण नहँुदा तथा यहाँसम्म पुग्ने सडकको अवस्था जिर्ण हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

यस क्षेत्रका दशवटा सामुदायिक वनका पदाधिकारीले भम्केपानी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउनका लागि प्रचारप्रसारसँगै आवश्यक रकम विनियोजन गरी भौतिक संरचना निर्माण गर्न एक्यवद्धता समेत जनाएका छन् ।

“ भम्केपानी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउनका लागि सडकको अवस्थामा सुधार गर्ने र यात्रु विश्रामगृह वा धर्मशालाको निर्माण गर्नेलगायत अन्य भौतिक सुधारका कार्यलाई अगाडि बढाउन सहमत भएका छौँं” वैजनाथ सामुदायिक वनका अध्यक्ष महराले भन्नुभयो ।

चाँडै बैठकको आयोजना गरी छलफल गरेर सो सम्बन्धी कार्य अगाडि बढाइने सोच अघि सारिएको उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ पुस २ शनिवार ११:१४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...