back
CTIZAN AD

मानव अधिकार सम्बन्धिको सचेतनामुलक कार्यक्रम सम्पन्न

वि.सं.२०७३ पुस २ शनिवार

771 

shares

tudaldevi-samudayik

किशोर शर्मा, २ पौष, काठमाडौं । सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा प्रहरी मेरो साथी कार्यक्रमलाई व्यापक जनमानसमा लैजाने उदेश्यले एक कार्यक्रमको गरिएको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगंजका प्रमुख प्र.ना. उ गोबिन्द पुरीको प्रमुख आतिथ्यता तथा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष अच्युत प्रसाद सापकोटाको सभापतित्वमा का.म.पा ४ वडा अन्तर्गत ऐतिहासिक मन्दिर टँुडालदेवीको टुँडालदेवी प्रथामिक स्वास्थ्य सेवा केन्द्रको सभाहलमा घरेलु महिला हिंसा तथा मानव अधिकार सम्बन्धिको सचेतनामुलक कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा महाराजगन्ज प्रहरी बृत्तका प्र.ना.उ श्री गोबिन्द पुरीले घरेलु हिंसा तथा मानव अधिकार सम्बन्धि कानुनमा भएको व्यवस्था र घटना घटेमा उजुरी दिन सक्ने निकायहरुको बारेमा तथा महानगरीय प्रहरी बृत्त महाराजगंजमा आएका यस्ता घटनाहरुको जानकारी र सो कार्यालयबाट गरिएको फौजदारी मुद्दा सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी महिलाहरुले आ—आफना समस्याहरु बुँदागत रुपमा निम्न अनुसार राखेका थिए ।
१ नेपाल यातायात लगायतका सार्वजनिक सवारीमा यात्रा गर्दा महिलाहरु माथि दुव्र्यभार हुने गरेको ।
२ सार्वजनिक यातायातमा तोकिएको महिला आरक्षण सिटमा पुरुष बस्ने गरेको र हामिले यो सिट महिलाको हो, भन्दाँ के तपाईको मात्र अधिकार हो भनि जवाफ दिने गरेको ।
३ सार्वजनिक यातायातमा पकेटमारी बढी हुने गरेको ।
सो कार्यक्रममा बिभिन्न संध सस्थामा आवद्ध महिला वडा नागरीक मन्च वडामा बसोवास गर्ने बौद्धिक व्यक्तिहरु तथा स्थानिय महिलाहरु गरी ५१ जनाको सहभागीता रहेको थियो ।
कामनपा ४ वडामा रहेको टँुडालदेवी सामुदायिक प्रहरी केन्द्रले समय समयमा सामाजिक सचेतना सम्बन्धी कार्य गर्दै जनमानसमा शान्ति सुरक्षा प्रति सचेतना गराउँदै आएको छ ।

वि.सं.२०७३ पुस २ शनिवार १२:४४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...