back
CTIZAN AD

आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

वि.सं.२०७३ पुस ३ आइतवार

1K 

shares

३ पुस, लामाबगर (दोलखा) । चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ ।

गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मङ्सिर १६ गते सम्पन्न भएपछि २०७५ असार देखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको हो ।

आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिन शनिबार आउनुभएका ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत आयोजना प्रमुखसहितको निरीक्षण टोलीलाई आगामी डेढ वर्षभित्रमा जसरी पनि आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रयासका साथ अहोरात्र काम गरिरहेको अवगत गराइएको छ ।

हाल विद्युत् गृह र बाँध निर्माणको काम दु्रतगतिमा भइरहेको छ । आयोजनाको ‘सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल र इलेक्ट्रिकलका साथै प्रसारणलाइन एवम् सवस्टेसन निर्माणको ठेक्का पाएका अन्तर्राष्ट्रिय ठेकेदारहरूले २०७५ असारसम्ममा विद्युत् उत्पादन सम्पन्न गर्न कठिन हुने बताएका छन् ।

मन्त्री शर्मासँगको छलफलमा त्यस्तो जानकारी प्रस्तुत भएपछि उहाँले आगामी तीनदिनभित्र नयाँ कार्यतालिका सरकारसमक्ष पेस गर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभयो । उहाँले सरकारका तर्फबाट आयोजनाका सबै समस्या जसरी पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैअनुरूपको कार्ययोजना तत्काल पेस गर्न निर्देशन दिनुभयो ।

सिभिल कार्यअन्तर्गत ८५ दशमलव ३ प्रतिशत काम पूरा भइसकेको छ भने मुख्य सुरुङको माथिल्लो पेनस्टक अडिटबाट माथिल्लो खण्डतर्फ सुरुङ खन्न थालिएको छ ।

जम्मा १६ दशमलव ९ किलोमिटरमध्ये १५ दशमलव १५ किलोमिटर सुरुङ पनि खनिसकिएको छ । विद्युत् गृहअन्तर्गतको तीनहजार दुईसय १३ मिटर लामो सुरुङ पनि पूरा भएको छ ।

मेकानिकल तथा इलेक्ट्रिकल कार्यअन्तर्गत आवश्यक उपकरण ढुवानी भइसकेको छ भने टर्वाइन हाउसिङ र डिस्टिब्युटर जडान गरी परीक्षणसमेत पूरा भइसकेको छ । त्यस्तै, प्रसारण लाइनअन्तर्गत खडा गरिने एकसय २७ वटा टावरमध्ये ५७ वटाको जग निर्माण गरी ६६ वटा टावरको जडान पनि पूरा भएको छ ।

स्वदेशी लगानी रु ३५ अर्ब २९ करोडमा निर्माणाधीन आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान र नेपाल सरकारबाट पुँजी प्रवाह भएको छ ।

वि.सं.२०७३ पुस ३ आइतवार ०३:५० मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...