back
CTIZAN AD

छ बुँदे माग राख्दै चिनी मिलमा आन्दोलन

वि.सं.२०७३ पुस ३ आइतवार

897 

shares

३ पुस,गौशाला । उँखु उत्पादन सङ्घ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् ।

करिब एक सयको सङ्ख्यामा किसानले चिनी मिलले उचित मूल्य कायम गर्नुपर्ने माग अघि सार्दै मिलको मुख्य गेटमा धर्नामा बसेका छन् ।

किसानले उँखुको मूल्य प्रतिक्विन्टल रु ६०१ कायम हुनुपर्ने, मिलले उँखु खरिद गरेको मितिले १५ दिनभित्र भुक्तानी दिनुपर्ने, तोकिएको अवधिमा भुक्तानी नदिए कम्तीमा ५० प्रतिशत रकम दिनुपर्ने, उँखुको तौल चिनी तौलिने काँटाबाट गरिनुपर्ने नभए छुट्टै धर्मकाँटाको व्यवस्था गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

यसअघि किसानले गत मङ्सिर १८ गतेका दिन चिनी मिललाई विभिन्न सम्झौतासहितको ज्ञापनपत्र बुझाएका थिए तर चिनी मिलले सो सम्झौतापत्रको बेवास्ता गरेको भन्दै किसान मिलको मुख्य गेटमै धर्ना बसेका हुन ।

किसान मिलको मुख्य गेटमै धर्ना बसेपछि शनिबार बेलुकादेखि मिलको सम्पूर्ण कामकाज प्रभावित भएको छ । रासस

वि.सं.२०७३ पुस ३ आइतवार ०४:२४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...