back

छ बुँदे माग राख्दै चिनी मिलमा आन्दोलन

वि.सं.२०७३ पुस ३ आइतवार

612 

shares
GLOBAL IME AD
NTC AD

३ पुस,गौशाला । उँखु उत्पादन सङ्घ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् ।

करिब एक सयको सङ्ख्यामा किसानले चिनी मिलले उचित मूल्य कायम गर्नुपर्ने माग अघि सार्दै मिलको मुख्य गेटमा धर्नामा बसेका छन् ।

किसानले उँखुको मूल्य प्रतिक्विन्टल रु ६०१ कायम हुनुपर्ने, मिलले उँखु खरिद गरेको मितिले १५ दिनभित्र भुक्तानी दिनुपर्ने, तोकिएको अवधिमा भुक्तानी नदिए कम्तीमा ५० प्रतिशत रकम दिनुपर्ने, उँखुको तौल चिनी तौलिने काँटाबाट गरिनुपर्ने नभए छुट्टै धर्मकाँटाको व्यवस्था गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

यसअघि किसानले गत मङ्सिर १८ गतेका दिन चिनी मिललाई विभिन्न सम्झौतासहितको ज्ञापनपत्र बुझाएका थिए तर चिनी मिलले सो सम्झौतापत्रको बेवास्ता गरेको भन्दै किसान मिलको मुख्य गेटमै धर्ना बसेका हुन ।

किसान मिलको मुख्य गेटमै धर्ना बसेपछि शनिबार बेलुकादेखि मिलको सम्पूर्ण कामकाज प्रभावित भएको छ । रासस

वि.सं.२०७३ पुस ३ आइतवार ०४:२४ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...