back
CTIZAN AD

नर्वेमा झल्कियो नेपाली एकता, यसरी उठ्दैछन् सहयोगी हातहरु

वि.सं.२०७६ चैत ६ बिहीवार

1.2K 

shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले आजसम्म नर्वेमा १५ सय भन्दा बढी संक्रमित भएका छन् भने ६ जनाको ज्यान गएको छ । सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । यातायात चलिरहे पनि यात्रुहरु नगन्य रुमा देख्न सकिन्छ । सबै मानिसहरु होम क्वारेन्टाइनमै भएको जस्तो देखिन्छ । साथै अत्यावस्यक काम बाहेक कोही बाहिर निस्कने अवस्था देखिदैँन । नर्वेजियन सरकारले तत्कालका लागि सय बिलियन क्रोनेर राहत प्याकेज घोषणा समेत गरेको छ ।

यस्तो संकटकालिन समयमा भने नेपाली समुदाय तथा नेपाली मनहरु सहयोग र सहायताका लागि जुर्मराएका छन् । नेपाली एकता देखाएका छन् । सामाजिक संजालमार्फत् स्वतस्पूर्mत रुपमा समस्यामा परेकालाई सहयोग गर्न बचन व्यक्त गरेका छन् । यतिबेला यस्तो लाग्छ हाम्रै दाजुभाइ दिदी बहिनीहरु कोही पनि समस्यामा पर्ने छैनन् र पर्नु पनि हुँदैन । तर, यदि कोही कसैलाई कोरोना संक्रमण भएको पुष्टि भइहाले पनि अन्य नागरिक गुहार्नु पर्दैन सहयोगका लागि नेपाली मनहरु तम्तयार भएको देखिन्छ । हुन त आफ्नो नेपाली पहिचान र नेपाली मन देखाउने बेला नै यहि हो ।

नर्वेमा रहेका विभिन्न संघ संस्थाहरु तथा व्यक्तिगत रुपमा पनि सहयोगी हात अघि बढाउन तयार रहेको सन्देश नेपाली समुदायले दिइरहेका छन् ।

सहयोगी मन बोकेर धेरै नेपालीहरु भैपरि आउने समस्यामा सहयोग गर्न तयार हुनुुहुन्छ । मैले पाएसम्म नर्वेमै रहनु भएका बिनोद गिरीले आफू पूर्ण रुपमा फ्रि भएको र कुनै सहयोग चाहिएमा आफू तयार रहेको बताउनु भएको छ ।

त्यस्तै पारस एम मिश्रले पनि कोही क्वारेन्टाइनमा हुनुुहुन्छ र किनमेल तथा पव्लिक साधन प्रयोग गर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने ९१७२३६६८ मा सम्पर्क गरी समान वा अरु कुनै औषधि मगाउनु सक्नुहुने र यो सेवा निःशुल्क रहेको बताउनु भएको छ ।

 


दीपक महतले पनि आफू कोरोना भाइरस विरुद्ध लड्न पूर्ण तयारी रहेको तथा नर्वेलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ भने जीतेन्द्र साहीले पनि कोही क्वारेन्टाइनमा हुनुुहुन्छ भने खाद्य सामग्री तथा औषधिको आवस्यक भएमा ४१२६७१२४ मा सम्पर्क गरि मगाउन सक्ने र यो सेवा निःशुल्क रहेको बताउनु भएको छ ।

कामना छ कुनै नेपालीले कर्मभूमि तथा मातृभूमिमा कोरोनाको कहर भोग्नु नपरोस्

यस्तो छ नर्वेमा कोरोनाको कहरः अहिलेसम्म नेपाली सुरक्षित

वि.सं.२०७६ चैत ६ बिहीवार १७:५५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...