back
CTIZAN AD

४ लाख नेपालीलाई समस्या नपरोस भन्ने हो

वि.सं.२०७६ चैत ६ बिहीवार

768 

shares

६ चैत्र, काठमाडौँ । बुधबार कान्तिपुर अनलाइनमा प्रकाशित कतार प्रकरणबाट सिक्नुपर्ने पाठ शिर्षकको समाचारमा भनिएजस्तो यथार्थ नभएको बताउँछन् ।
काभ्रेपलाञ्चोक सेवा समाजका पूर्व अध्यक्षसमेत रहेका नन्द ढुंगाना भन्छन् :

“कान्तिपुर अनलाइनमा प्रकाशित कतार सम्बन्धि समाचार देख्दा दुःख लाग्यो । एउटा स्थापित अनलाइनले हावाको तालमा व्यक्तिको भरमा लेख्नु गलत थियो ।  देशको शिर्ष स्थानमा रहेको अनलाइनले कुनै १–२ ब्यक्तिलाई सोधेर समाचार लेख्ने की कतारमा रहेका सामाजिक अभियन्ता एबम नेपाली नियोगसग समन्वय गरेर समाचार लेख्ने ? यहाँको सरकारद्वारा जुन खाले जनतामाथी उच्च सुरक्षा प्रदान गरेको गरेको छ जुन विश्वका बिरलै देशमा मात्र सम्भावना होला । त्यसैले समाचार लेख्दा कुनै ब्यक्तिका कारण यहाँ रहेका ४ लाख नेपालीलाई समस्या नपरोस भन्ने मेरो अनुरोध ।

कोरोना भाइरस केही ब्यक्तिमा देखिएका कारण यस्लाइ नियन्त्रण गर्न कतार सरकारद्वारा प्रकाशित सुचनालाई अवज्ञा नगरौ, आफू पनि सुरक्षीत रहौ र अरुलाई पनि सुरक्षीत रहन आग्रह गरौ ।

सनैया- ३३ को हमाद हस्पिटलमा मेरो बिहीबारको लागी regular check up appointment  थियो । तर कोरोना भाइरसको महामारीका कारण सबै Medical appointment cancel भएकाले डाक्टरको सल्लाह अनुसार दबाइ लिनका निम्ति गएको शुक्रबार म त्यहाँ गएको थिय । दबाइ लिएर बाहिर आउँदा हस्पिटलको opposit   सनैया- 38 मा कचेरा मार्केट लगाएर लगभग ४०० भन्दा माथिको हाराहारीमा मान्छे जम्मा भएका थियो । उक्त समयमा कतार प्रहरीले चारैतर्फ घेराउ गरेर कानुन बिपरित खुल्ला जग्गामा मान्छे जम्मा गरेर जुवा खेलाउने र अन्य सामान बेच्ने नेपाली, बङ्गाली र पाकिस्तानी गरेर २०० भन्दा माथी पक्राउ गरेकै हो । त्यसमा २-४ जना बाटो हिड्नेपनी नेपाली परेका छन तर पक्राउ परेका मध्य ९९% यहाको कानुनको उल्लंघन गर्ने नै थिय । किनकी बर्तमान परिस्थितिलाई मध्यनजर गरेर यहाको सरकारले जनताको सुरक्षाका लागी दिएको जनआदेश उल्लंघन गर्नु एकप्रकारले अपराध नै हो । अन्य ठाउँको थाहा भएन तर त्यहाँ पक्राउ पर्नेहरूमा ७० प्रतिशत  बङाली नै थिए ।

नेपालमा बसेर कतारको समाचार लेख्नु हुने साथीहरुले बुझ्नुहोला त्यहाँ कुनै अभद्र ब्यबहार भएको पनि थिएन । पुलिसले पैसा चोर्यो, गाडी रोकाएर लग्यो भनिएको छ, नी हो त्यो पुरै गलत हो । कानुन भएको राज्य हो भएको हो । कुनै न कुनै अवैध चिज त्यहाँ हुनुपर्दछ नभए केही न केही हुनुपर्दछ ।  अनुसन्धान नभै त्यसरी रोकेर अनुसन्धान गरिँदैन । जुन ब्यक्तिले तपाइँलाई उक्त स्थानसहित तोकेर भनेको हुनाले गाडी रोकाएर समाएको पनि छैन । पुलिसले २५–३० वटा गाडिले घेरेर बल्ल समातेको हो । प्रत्यक्षदर्शी स्वयम म भएकाले यहाँका बिषयमा समाचार सम्प्रेषण गर्दा केही हदसम्म सोचेर अनि बुझेर लेख्दा तपाईं हामी सबैको भलो हुने हामीले देख्या छौ ।”

 

वि.सं.२०७६ चैत ६ बिहीवार १७:३३ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...