back
CTIZAN AD

कोरोना भाईरसको संक्रमण बारे यसो भन्छ ज्योतिषी विद्या

वि.सं.२०७६ चैत ६ बिहीवार

846 

shares

गत पुस १० गते लागेको सूर्यग्रहणको दिन ६ वटा ग्रहहरुको युक्ति थियो जसले जुन स्थिति एकप्रकारको विसाक्त तथा संक्रमणकार मानिन्छ । यसको प्रभाव पनि ६ महिनासम्म पर्न जाने हुन्छ । ज्योतिषीय चिन्तनमा कोरोनाको उत्पत्ति तथा संक्रमणको कारक पनि यस प्रकारको प्रतिकूल ग्रहयोगलाई मान्नुपर्ने देखिन्छ ।

मानव स्वास्थ्यमा यो वर्ष ठूलो खतराले घण्टि बजाइरहेको छ । मानव समुदायको लागि निकै त्राहिमाम् बनेर नोवेल कोरोना अर्थात कोभिड नाइन्टिन नामको विषाणुले यतिबेला विश्वलाई आक्रान्त बनाइरहेको छ । यसले गर्दा प्राय सबै मुलुकहरूमा अपरिहार्य बाहेक अन्य दैनिक कामहरू बन्द हुँदै गएका छन् । विश्वव्यापि रूपमा अन्यौलताको स्थिति सृजना भएको छ । यो रोगको संक्रमणबाट ईरान र चीनमा केही उच्च अधिकारीको ज्यान गएको छ । त्यसै गरी विश्वभर धन्नै पाँच हजार माथिको सँख्यामा सर्वसाधारण नागरिकको ज्यान गएको छ । कतिपय मुलुकहरूमा अत्यावश्यकमा बाहेक नागरिकहरूलाई घर बाहिर ननिस्कन उर्दि जारिगरिएको छ । युरोपका शहरमा मान्छेको चहलपहल कम हुँदै गएको बताइएको छ ।

नेपालीका हकमा भने विदेशबाट आएका एकदुई जना र विदेशमा बस्ने एक दुई जना नेपालीलाई देखियो भन्ने अपवादजन्य समाचार बाहेक आजसम्म यो रोगको संक्रमण भेटिएको आधिकारिक पुष्टि भएको छैन, तर सन्त्रास र जोखिम बढेर गएको छ ।

सञ्चारक्षेत्र एवं धेरै महानुभावहरुबाट यो रोगको संक्रमणको बारेमा ज्योतिषीय विश्लेषणको लागि आग्रह गरिराख्नु भएको छ । यसको बारेमा ज्योतिषीय विश्लेषण गर्नुपर्दा ज्योतिष विज्ञानमा कोरोना भाईरस भनेर तोकेकै भने हुँदैन । कतिपय कालखण्डमा पर्न जाने उल्कापात, धुमकेतु, सूर्य ग्रहण, चन्द्रग्रहण तथा ग्रहहरुको संक्रमणले बन्ने विभिन्न योगहरुको कारण संक्रमणकारी रोगको महामारीको संकेत गर्ने कुराहरुलाई ज्योतिष शास्त्रहरुले संकेत भने गरेका छन् ।

यसै गरी ग्रहको प्रतिकूल संक्रमण भइरहेको बेला विभिन्न खालका जनपदध्वंसक महामारीहरु चल्ने चिकित्सा शास्त्र भैषज्य रत्नावली एवं चरक संहिता आदिमा उल्लेख गरेको पाइन्छ ।

आयुर्वेद विज्ञानको भैषज्यरत्नावलीमा भनिएको छ–
ग्रहेषु प्रतिकूलेषु नानुकूलं हि भेषजम् ।
ते भेषजानां वीर्याणि हरन्ति बलवन्त्यपि ।
याप्याः केचित् प्रकृत्यैव केचिद्याप्या उपेक्षया ।
प्रतिकृत्य ग्रहानादौ पश्चात् कुर्याच्चिकित्सितम् ।

अर्थात, ग्रहको स्थिति प्रतिकूल हुँदा औषधिको गुण कमजोर हुन्छ फलस्वरूप औषधोपचारले काम गर्नसक्दैन । त्यसैले पहिला ग्रहको प्रतिकार गर्नु र अनिबल्ल उपचार चलाउनु । ग्रहगोचर प्रतिकूल अथवा विपरित भइरहको अवस्थामा विभिन्न खालको रोगको संक्रमण फैलिने गरेको पाइन्छ पनि । महर्षि चरकले आफ्नो लोकप्रिय ग्रन्थ चरकसंहिताको विमानस्थान अन्तर्गत पूरा वस्ती उजाड हुनेगरी चल्ने महामारी रोगहरूको बारेमा जनपदध्वंसको संज्ञा दिँदै उपदेश गरेका छन् । यसबाट रोगको संक्रमणको महामारी प्राचिनकालमा पनि हुने गरेको तथ्य प्रष्टिन्छ । त्यो समयमा रोगको महामारी चल्दा अप्नाएर सिद्ध भएका ज्ञानविज्ञान तथा उपचार विधिहरूलाई आयुर्वेद ग्रन्थहरूले उपदेश गरेका हुन् जुन आज पनि व्यवहारिक हुनसक्छन् ।

पछिल्लो समयमा ज्योतिषीय अनुसन्धानको क्रममा अनुभवमा आएका तथ्यहरुले पनि पृथ्वीमा पर्ने रोगको महामारी, आगजनि, अतिवृष्टि अनावृष्टि, थल–आकाश–जल क्षेत्रका दुर्घटना, दैवी विपत्ति आदिको बारेमा गरेका विश्लेषण एवं अनुमानहरु सही सावित भएका छन् । ज्योतिषीको हैसियतले यो स्तम्भकारले पनि गत वर्षदेखि आफूले चलाउने फोरकास्ट टेलिभिजन नामको युट्युबमा अपलोड गर्दै आएका केही भिडियोहरुले ति कुराहरुलाई पुष्टि गर्छन् ।



ग्रहचारमा जब ग्रहहरु युद्धावस्थामा पुग्ने गर्छन् र त्यतिबेला यस्ता विभिन्न खालका रोगको महामारी तथा विपद्जन्य स्थिति सृजना हुने गर्छन् । यस्तो स्थिति ग्रहगोचरमा बेलाबेलामा परिरहन्छ । फलस्वरुप बेलाबेलामा पृथ्वीमा विभिन्न खालका साना ठूला रोगहरुको प्रकोप एवं घटना दुर्घटनाहरु भइरहन्छन् । यस पटक पनि त्यो स्थिति देखिएको छ । साथमा वि.सं. २०७६ सालमा राजा शनि र मन्त्री सूर्य छन् । यसको पनि असर मिश्रण भएको मान्नसकिन्छ ।
जस्तै–
विश्वेश्वरेऽर्कपुत्रश्चरन् दशार्णान्निहन्ति यवनांश्च ।
उज्जयिनीं शबरान् पारियात्रिकान् कुन्तिभोजांश्च ।। वृहत्संहिता ।।
शनिश्चर उत्तराषाढा नक्षत्रमा हुँदा दशार्ण देशमा (विन्ध्याचल दक्षिण पूर्वको भाग), यवन (मुसलमान राज्य), उज्जैन, शबर जाति, पारियात्र (पर्वतमा बस्ने), कुन्तिभोज देशमा निवास गर्नेहरुलाई कष्ट हुन्छ ।

गत पुस १० गते लागेको सूर्यग्रहणको दिन ६ वटा ग्रहहरुको युक्ति थियो जसले जुन स्थिति एकप्रकारको विसाक्त तथा संक्रमणकार मानिन्छ । यसको प्रभाव पनि ६ महिनासम्म पर्न जाने हुन्छ । ज्योतिषीय चिन्तनमा कोरोनाको उत्पत्ति तथा संक्रमणको कारक पनि यस प्रकारको प्रतिकूल ग्रहयोगलाई मान्नुपर्ने देखिन्छ । धेरै ग्रह एकसाथमा ग्रस्त रहेर लागेको ग्रहणको बारेमा फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा संकेत गरेको छु ।

धेरै ग्रहहरु एक आपसमा ग्रस्त हुँदा यस्ता खालका अप्रत्यासित महारोगको महामारी फैलने, विभिन्न खालका घटना दुर्घटना आदि पर्ने हुन्छ । ग्रहको जुन स्थिति यतिबेला पनि परेको थियो र त्यसको परिणाम पनि संसारले भोग्न बाध्य भइरहेको छ । साथमा यस्तै धेरै कुराहरुलाई समेटेर कोरोनाको बारेमा बताइएको यो भिडियो पनि हुर्नसक्नु हुनेछ –
https://www.youtube.com/watch?v=b8vMnWyLvFA&t=235s

धन्यवाद ।

वि.सं.२०७६ चैत ६ बिहीवार १७:१७ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...