back
CTIZAN AD

यस्तो थियो स्पेनमा कोरोना फैलिनुको मुख्य कारण

वि.सं.२०७६ चैत ६ बिहीवार

933 

shares

६ चैत, युरोप उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसग च्यापियन्स लिग फुटबल खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्ररी ईटालीको बेर्गा शहरमा गएको थियो ।

चीन ईरान ईटाली लाई कोरोना भाईरसले गाजीसकेको र दुनीया संक्रमणलाई रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेनमा रहेको उक्त भ्यालेन्सिया फुटबल टिम बिना दर्शक खेल खेल्ने निर्णय सहीत च्याम्पियन्स लिग खेल्न ईटाली हानियो । त्यहाँ पुगेपछी खेल त भयो तर स्टेडियम बाहीर हजारौ दर्शकहरू टिमको समर्थनमा उपस्थित भए जो कोरोनाबाट संक्रमित थिए , खेल सकियो सबै बाहीर रहेको दर्शकको भीड छल्दै आ आफ्नो घर तिर लागे । त्यो समयमा त्यहाँबाट बाहिरिने कसैलाई पनी परिक्षण गरिएन पुरै यूरोप भरी यिनीहरू जहां जहां गए सगै कोरोना भाईरस पनी लगे ।
स्पेन सरकारले यो सहभागी टिमलाई उच्च सर्तकतासाथ परिक्षण गर्नु पर्ने र क्वारेन्टाईनमा राख्नु पर्ने थियो तर यसो गर्न चुके ।

त्यसपछी गएको मार्च ८ मा हजारौ सहभागी भव्य जुलुस निकालीएको थियो जुलुसमा पार्टीको तर्फबाट सम्मेलनमा सहभागी भएका नेताहरु लगायत स्पेनमा रहेका उच्च सरकारी अधिकारीहरु समेत संक्रमित हुन पुगे यसरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेज, मन्त्री इरिने मेन्तेरो, पूर्वसभामुख अना पास्तोर कोरोना भाइरसबाट संक्रमित भएको समाचारहरू आए उनीहरु सबै आठ मार्चको दिन आयोजना गरेको जुलुसमा सहभागी भएका थिए ।
त्यसैगरी स्पेनमा दक्षिणपन्थी दल बोक्सका प्रमुख सान्टियागो आवास्कल विभिन्न राज्यका मुख्यमन्त्री र उप मुख्यमन्त्रीहरु कातालोनियाका मुख्यमन्त्री र उपमुख्यमन्त्री मड्रिडका मुख्यमन्त्री समेत संक्रमित हुन पुगे ।

मार्च १ बाट १० सम्म भ्यालेन्सीया शहरमा ठूलो पर्व हुन्छ । फाइसाय भनिने यो पर्वलाई युनेस्कोले पनि सूचीकृत गरेको छ । यो पर्वमा बाटोमा सेलरोटी जस्तो खानेकुरा बनाएर बेचिन्छ । प्रत्येक चोकमा मूर्ति बनाउने हुन्छ । दिउँसो २ बजे पटका पड्काइन्छ । हाम्रो काठमाडौमा घोडेजात्रा जस्तै मान्छेमाथि मान्छे भएर हेर्छन् । यो मेलामा ७५ प्रतिशत पर्यटक इटलीबाट आउँछन् । मार्च १० आएर मात्रै यो पर्व रोकियो । त्यसबाट पक्कै पनि धेरै मानिसमा संक्रमण फैलिएको छ । इटलीबाट जति पनि पर्यटक आए, तिनको कुनै जाँच भएको थिएन ।

फेब्रअरी १२ तिर भ्यालेन्सिया शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पहिलो व्यक्ति नेपाल घुमेर आएको भनिएको थियो तर उनको मृत्युको बारेमा लामो समयसम्म सूचना समेत लुकाइयो । त्यतिबेला सम्म पनि रमिता हेरेर बसेको स्पेन सरकार त्यसको परिणाम अहिले भोग्दै छ ।

पछी, गएको शनीबार एक्कासी स्पेन सरकारले उर्दी जारी गर्दै १५ दिनका लागी सबै घरबाट ननिस्कन भन्यो पुरै स्पेन लक डाउन भयो । जतिबेला जनताहरू माक्स किन्न समेत भ्याएका थिएनन् । खानेकुरा, औषधि लिन वा बैंक जानु पर्याे भने मात्रै बाहिर निस्कन पाइन्छ । आदेश कार्यान्वयन भएको छ कि छैन भनेर हेर्न सरकारले सेना परिचालन गरेको छ । आदेश उल्लंघन गरे अवस्था हेरेर ६ हजारदेखि ३ लाख युरोसम्म दण्ड हुनेछ । रेस्टुरेन्ट, डिस्को, स्कुल, कलेज, सिनेमा, खेल, जिम सबै बन्द गरिएको छ । खानेकुराको पसल, चुरोट बेच्ने पसल खुला छ । चिठ्ठा बेच्ने पसल पनि धेरै भीड हुने ठाउँ भएकाले बन्द गरिएको छ । नेपाली पाकिस्तानी ईन्डियन बंगालीका केही सुपर मार्केट हरू अटेरी गरेर खोलेका छन् यसको परिणाम भयावह हुने देखिन्छ ।

स्पेनमा नेपाली समुदायको बाक्लो बस्ती रहेको बार्सिलोना, म्याड्डीड , पाईस भास्को, बेनीड्रम, कानेरीया, पाल्मा , मालागा भ्यालेन्सीया गिरोनामा रहेका नेपालीहरूमा अहिले सम्म कोरोना संक्रमण भेटीएको छैन । स्पेनको नेपाली दूतावासले सूचना निकालेको छ । दूतावासले गर्नुपर्ने आवश्यक काम भए काजगातहरु हुलाकबाट पठाउन भनेको छ । त्यसबाहेक अन्य कुनै प्रकारका काम गरेको छैन । नेपाली समुदाय पनि डर त्रासमै छन् ।

आजका मिती सम्म स्पेनमा १४ हजार ७६९ मा संक्रमण भएकोमा ६३८ जनाको मृत्यू भै सकेको छ । संक्रमितको संख्या र मृत्यू हुनेको संख्या दिनानुदिन तिब्र गतिले बढ्दै गएको छ । कोरोना बाट बच्न सबै जना यो समयमा स्पेन सरकारको हुकुम अनुसार अर्को सूचना नआएसम्म आफ्नो सरसफाईका साथ घरमा नै बस्नु उत्तम हुनेछ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १७:११ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...