“निर्जीबन बीमा कम्पनीहरुले १६ अर्ब ७५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन । कूल जनसंख्याको करिब ५.५ प्रतिशत बीमामा समेटिएको बीमा समितिले जनाएको छ ।
६ चैत्र, काठमाडौं । मानिसलाई जिवन बीमा गर्नु जति महत्वपूर्ण छ त्यति नै निर्जीवन बीमा पनि जरुरी भैसकेको छ । हुन त नेपालको बीमा ईतिहसामा जीबन भन्दा पनि निर्जीबन बीमा कम्पनी नै पहिले स्थापना भएको देखिन्छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको पहिलो निर्जीबन बिमा कम्पनीको रुपमा २००४ साल असोजमा स्थापना भएको देखिन्छ । जसमा रहेको नेपाल बैंक लिमिटेडको ५१ प्रतिशत र सर्बसाधारणको ४९ प्रतिशत सेयर थियो ।
७२ बर्षको इतिहासमा अहिले नेपालमा एउटा नेपाल सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड सहित २० वटा बीमा कम्पनीहरुले सेवा दिइरहेका छन । आम मानिसले बहन गर्नु पर्ने जोखिमलाई बीमा गर्दा घटाउन मद्दत पुग्छ भन्ने कुराको प्रचारले मनिसहरुमा बीमा गर्नु पर्दछ भन्ने चेतना आएको देखिन्छ ।
पछिल्लो समय नेपाली समाज आधुनिकता संगैं ब्यबसायीकतातिर पनि ढल्लकदैं गरेको अबस्थामा बीमाको उपदेयता झनै बढेको छ । बिभिन्न व्यवसाय, कृषि तथा पशुपालन गर्नेहरुले आफूलाई आईपर्ने सम्भाबित जोखिमलाई केहि भए पनि कम गर्नलाई बिमा गर्नु जरुरी भई सकेको छ । यहि सेरोफेरोमा नेपालमा सेवा दिई रहेका २० वटा निर्जीबन बीमा कम्पनीहरुको चालु आर्थिक बर्ष २०७६/७७ को माघ मसान्तसम्मको आर्थिक परिसूचक प्रस्तुत गरिएको छ ।
“७२ बर्षको इतिहासमा अहिले नेपालमा एउटा नेपाल सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड सहित २० वटा बीमा कम्पनीहरुले सेवा दिइरहेका छन ।
नियमनकारी निकाय वीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई जीबन बीमा कम्पनीलाई भन्दा अलि सहुलियत दिएको छ । जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २ अर्ब हुने पर्ने व्यवस्था गरिएकोमा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब रुपैयाँ कायम गरिएको छ ।जोखिम पनि बढी हुने तथा दुर्गम र पिछडिएको क्षेत्रमा सेवा प्रबाहमा सहज होस भनेर यस्तो गरिएको बीमा समितिक एक अधिकारीले बताए ।
कस्तो छ जीवन वीमा कम्पनीहको २०७६ माघ मसान्तसम्मको आर्थिक परिसूचक ?
चालु आर्थिक बर्षमा निर्जीबन बीमा कम्पनीहरुले १६ अर्ब ७५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन । कूल जनसंख्याको करिब ५.५ प्रतिशत बीमामा समेटिएको बीमा समितिले जनाएको छ । संख्यात्मक रुपमा हेर्दा करिब १६ लाख जनसंख्या बीमाको दायरामा आएको छन ।
त्यस्तै एकिकृत बीमाकोष १५ अर्ब ९९ करोड पुगेको छ भने करिब ५ हजारले जनाले रोजगारि पाएका छन । देशैभरि ९१० शाखा मार्फत निर्जीबन बीमा कम्पनीहरुले आफ्नो सेवा प्रबाह गरिरहेका छन ।
निर्जीबन बीमा कम्पनीहरुको आर्थिक परिसूचक
१. शिखर इन्स्योरेन्स
२०६१ साल कत्तिकमा स्थापना भएको यो निजी क्षेत्रको ठूलो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको छ । देशै भरि ९१ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा २ अर्ब एक करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब १२ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को करिब १४.२२ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
२. सगरमाथा इन्स्योरेन्स
२०५३ साल असारमा स्थापना भएको यो निजी क्षेत्रको अर्को ठूलो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको छ । देशै भरि ७० शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा १ अर्ब ४३ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ८.५२ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को करिब ८.५० प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
३. नेको इन्स्योरेन्स
२०५३ साल जेठमा स्थापना भएको यो निजी क्षेत्रको अर्को ठूलो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको छ । देशै भरि ५२ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा १ अर्ब ३३ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ८. प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ११.७७ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
४. सिद्धार्थ इन्स्योरेन्स
२०६२ साल चैत्रमा स्थापना भएको यो निजी क्षेत्रको अर्को ठूलो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको छ । देशै भरि ७४ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा १ अर्ब २३ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ७.३४ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ६.९८ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
५. प्रिमियर इन्स्योरेन्स
२०५१ साल वैशाखमा स्थापना भएको यो निजी क्षेत्रको अर्को ठूलो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको छ । देशै भरि ५८ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा १ अर्ब ११ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ६.६३ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ६.४९ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
६. एनएलजि इन्स्योरेन्स
२०६२ साल असोजमा स्थापना भएको यो निजी क्षेत्रको अर्को ठूलो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको छ । देशै भरि ७३ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा १ अर्ब ८ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ६.४५ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ८.३९ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
७. राष्ट्रिय बीमा कम्पनी लिमिटेड
२०७० साल असारमा स्थापना भएको नेपाल सरकारको स्वमित्वमा रहेको एक मात्र निर्जीबन बीमा कम्पनी हो । यो कम्पनीले देशै भरि १५ शाखा संजाल मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ८६ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ५.१३ प्रतिशत हो । यो कम्पनीले कर्णाली लगायतका दुर्गम क्षेत्रका जनता माझ आफ्नो सेवा बिस्तार गरिरहेको जनाएको छ । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को करिब ६ प्रतिशत जति हुने अनुमान गरिएको छ ।
८. प्रभु इन्स्योरेन्स
२०६३ साल साउनमा स्थापना भएको यो निजी क्षेत्रको अर्को बीमा कम्पनी हो । देशै भरि ३८ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ९२ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ४.५० प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को २.९८ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
९. आईएमइ जनरल
२०५७ साल माघमा स्थापना भएको यो निजी क्षेत्रको अर्को बीमा कम्पनी हो । देशै भरि ४५ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ८० करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ४.७८ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को २.७२ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१०. लुम्बिनी जनरल
२०६२ साल असारमा स्थापना भएको यो निजी क्षेत्रको अर्को बीमा कम्पनी हो । देशै भरि ४५ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ७३ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ४.३६ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ६.०४ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
११. हिमालयन जनरल
२०६२ साल असारमा स्थापना भएको यो निजी क्षेत्रको अर्को बीमा कम्पनी हो । देशै भरि २७ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ७२ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ४.३ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को २.३६ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१२. नेपाल इन्स्योरेन्स
२००४ साल असोजमा स्थापना भएको यो नेपालको पहिलो निर्जीबन बीमा कम्पनी हो । देशै भरि ४६ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ७१ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ४.२४ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ६.८८ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१३. प्रुडेन्सियल इन्स्योरेन्स
२०५९ साल वैशाखमा स्थापना भएको यो पनि निजी क्षेत्रबाट संचालनमा ल्याईएको निर्जीबन बीमा कम्पनी हो । देशै भरि ४८ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ६९ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ४.१२ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ४.७७ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१४. दि ओरेन्टिय इन्स्योरेन्स
२०२४ साल भदौमा स्थापना भएको यो पनि निजी क्षेत्रबाट संचालनमा ल्याईएको निर्जीबन बीमा कम्पनी हो । देशै भरि १४ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ५९ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ३.५२ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ०.८८ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१५. एभरेष्ट इन्स्योरेन्स
२०५१ साल जेठमा स्थापना भएको यो पनि निजी क्षेत्रबाट संचालनमा ल्याईएको निर्जीबन बीमा कम्पनी हो । देशै भरि २८ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ५७ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ३.४० प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ३.९५ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१६. नेशनल इन्स्योरेन्स
२०४४ साल पुषमा स्थापना भएको यो पनि निजी क्षेत्रबाट संचालनमा ल्याईएको निर्जीबन बीमा कम्पनी हो । देशै भरि १२ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ५१ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब ३.०४ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ०.६७ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१७. अजोड इन्स्योरेन्स
२०७५ साल जेठमा स्थापना भएको यो पनि निजी क्षेत्रबाट संचालनमा ल्याईएको निर्जीबन बीमा कम्पनी हो । छोटो समयमा देशै भरि २७ शाखा मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ४९ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब २.९३ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को ४.२९ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१८. युनाईटेड इन्स्योरेन्स
२०७० साल असोजमा स्थापना भएको यो पनि निजी क्षेत्रबाट संचालनमा ल्याईएको निर्जीबन बीमा कम्पनी हो । यो कम्पनीले देशै भरि ३० शाखासंजाल मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ४२ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब २.५१ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को करिब ४.०० प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
१९. जनरल इन्स्योरेन्स
२०७५ साल जेठमा स्थापना भएको यो पनि निजी क्षेत्रबाट संचालनमा ल्याईएको निर्जीबन बीमा कम्पनी हो । यो कम्पनीले देशै भरि ३९ शाखा संजाल मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा ३४ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब २.०३ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को करिब २.३० प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
२०. सानीमा जनरल इन्स्योरेन्स
२०७५ साल जेठमा स्थापना भएको यो पनि निजी क्षेत्रबाट संचालनमा ल्याईएको निर्जीबन बीमा कम्पनी हो । यो कम्पनीले देशै भरि १२ शाखा संजाल मार्फत आफ्नो सेवा प्रबाह गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब. को माघ मसान्त सम्ममा २१ करोड प्रिमियम संकलन गरेको छ । यो निर्जीबन बिमा कम्पनीहरुले संकलन गरेको कूल प्रिमियम १६ अर्ब ७५ करोडको करिब १.२५ प्रतिशत हो । यो कम्पनीले कूल बीमामा सहभागि जनसंख्या १,४५,७०४६ को करिब १.८१ प्रतिशत जनसंख्यामा पहुँच बनाएको छ ।
यो पनि हेर्नुहोस
कस्तो छ जीवन वीमा कम्पनीहको २०७६ माघ मसान्तसम्मको आर्थिक परिसूचक ?
वि.सं.२०७६ चैत ६ बिहीवार १८:१२ मा प्रकाशित






























