Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोनालाई जित्न सक्ने क्षमता छ भन्दै पेल्यो बेल्जियम सरकारले, नेपालले यस्तो भुल नगरोस्



नेपालमा अहिलेसम्म कोरोना नदेखिनु राम्रो कुरा हो । तर विश्वव्यापी समस्या र यसको गाम्भिर्यता हेरी तयारी गरिराख्नु पर्छ ।
कोरोना संक्रमण रोक्नको लागि लक डाउन सवैभन्दा राम्रो उपाय हो भन्ने जान्दा जान्दै पनि जनस्वास्थ्य भन्दा इकोनोमीलाई प्राथामिकता दिंदा अहिले यो भाइरस विश्वभरि फैलिसकेको छ । वेल्जियमको उदाहरण हेर्ने हो भने इटालीवाट वेल्जियम आएका सिमित व्यक्तिमा कोरोनाको संक्रमण देखिनासाथ लक डाउन गर्नु पर्छ भन्ने आवाज सिमित भयो र हामीसँग यसलाई जित्न सक्ने क्षमता छ भन्दै सरकारी पक्षले पेल्दै गयो ।

जव संक्रमण वढ्न थाल्यो तव कोरोना टेष्ट गर्ने किट, मेडिकल मास्क, हस्पिटलको क्षमता, स्वास्थ्यकर्मीको तयारी सवै नभएको अवस्था एक्कासी सवैको सामु खडा भयो । त्यतिवेलासम्म ढिला भइसकेको थियो । अझै हिजो नयाँ नियम भन्दै केही सुधार गरÞ्यो तर पनि लक डाउन गरेन र आज कैयौं मजदुरहरु असुरक्षित रुपमा काममा जान वाध्य भएका छन् । कैयौं पसलहरुमा असुरक्षित रुपमा काम गर्न वाध्य छन् । कोरोनाको कारणले व्यवसाय वन्द भएका, काम गर्न नपाएका सवैलाई सहुलियत दिने व्यवस्था गरेको छ र अन्य विविध आर्थिक सर्पोको कार्यक्रम पनि ल्याएको छ । तर यो रोगसंग लड्न यो काफी छैन ।

यसको लागि सवै लक डाउन गरेर सरकारी लेवलवाट खाद्यान्न विभिन्न डिपो वा स्वंयसेवक मार्फत वितरण गर्नु पथ्र्याे । यो समस्यामा सहयोग गर्न हजारौं युवाहरु स्वयंसेवक हुन पनि तयार भएका छन् । फेरि वेल्जियम आफैमा साना परिवारमा वस्ने मुलुक हो । एकल वस्ने, धेरैमा २ जनाको परिवार, ४ जनासम्मको ठुलो परिवार रहने देश हो र कुन घरमा कति जना वस्छन सवै प्रशासनमा स्मार्ट सिस्टममा तुरुन्तै जानाकारी रहने गरि व्यवस्था गरिएको र सवै अनलाइन किनमेलमा अभ्यस्त भएका मानिस वस्ने देश हो । सरकारका आफ्नै वाध्यता होलान् ।

यस्तो मुलुकमा यो रोगको संक्रमण रोक्न गाह्रो भएको र संक्रमित सवैलाई अस्पतालको सुविधा नभइ घरमा नै क्वारेन्टाइनमा उपचार गरिरहेको अवस्था छ । केरोनाको इमरजेन्सी केश मात्र हस्पिटल लैजाने व्यवस्था गरेको छ । यहां फेरी मेडिकल इन्स्योरेन्स हरेकको लागि अनिवार्य छ र हाल यो रोगको उपचारको लागि कुनै खर्च लाग्दैन र पनि संक्रमण कन्ट्रोल हुन मे सम्म लाग्ने विशेषज्ञहरुले वताएका छन् । वेल्जियमका सवै स्वास्थ्यकर्मीहरु, काम छोडेर वसेका स्वास्थ्यकर्मीहरु, विदामा वसेका स्वास्थ्यकर्मीहरु सवै काममा लागेका छन् । पोर्चुगलमा स्वास्थ्यकर्मीहरु आफैंमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीहरुले सरकारसंग आफ्नो उपचारको लागि सामाग्री जुटाइदिन सरकारलाई अनुरोध गरिरहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना नदेखिनु राम्रो कुरा हो । तर विश्वव्यापी समस्या र यसको गाम्भिर्यता हेरी तयारी गरिराख्नु पर्छ । हाल नेपालमा कोरोना भएको हुन सक्छ तर नेपालमा कोरोना टेस्ट गर्ने किट कतिवटा अस्पतालमा छ त ? यो रोगको लक्षण निमोनियाको जस्तै हुने हुनाले कतिपय कोरोना संक्रमित अस्पतालमा आएर फर्केका होलान् । निमोनियाकै उपचारले पनि कति संक्रमित ठिक हुन्छन । अहिले यो रोग संक्रमणको लागि कुन देशले गरेको विधी राम्रो छ त्यो सिकेर तुरुन्त तयारीमा लाग्नु पर्दछ । फ्रान्सको स्वास्थ्यमन्त्रीले प्यारासिटामोल खानु राम्रो भन्नासाथ हिजो र आज मेडिकलमा प्यारासिटामोल किन्नेको लाईन भयो र प्यारासिटामोलको अभाव भयो । यस्तो छ अवस्था । यस्तोमा विरामीले नपाउने, स्वस्थ मानिसको घरमा औषधी त्यसै रहने हुन सक्छ ।

अव अरु देशमा नेपालीलाई कोरोना लाग्यो भन्ने अपुष्ट समाचार दिएर, जस्तो पोचुगलमा एकजनालाई पनि भएको प्रमाणित भएको छैन नेपालमा पाँचजनालाई भन्दै सवै मिडियाले दिइरहेका छन् । ४० वेडको आइसोलेसन हस्पिटल वनाउँछु भन्नु राम्रो हो तर त्यो उदाहरण मात्र भयो । नेपालको जनसंख्या हेरी हस्पिटल, विद्यालय, कलेज, होटेल, पार्टी प्यालेस, ठुला घरहरु सवै तयारी अवस्थामा राख्नु पर्छ । स्वास्थ्यकर्मीको कार्यक्षेत्रको वितरण अहिले देखिनै गरिराख्नु पर्छ र त्यति जनसंख्यालाई, परिक्षण र उपचारको लागि चाहिने सामान अहिले नै नेपाल ल्याइसक्नु पर्छ । अहिले संक्रमण चरम नभइसकेको र सामाग्रीहरु पाइने समयमानै ल्याइएन भने भोली सवै देशले आफुलाइनै चाहिने हुनाले वितरण वन्द गर्छन र नेपालको आफ्नो उत्पादन केही नहुँदा ठुलो संकट आउन सक्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको