back
CTIZAN AD

कोरोनाको महामारीका सम्बन्धमा यसो भन्छन् न्यायाधिश टेकनारायण कुँवर

वि.सं.२०७६ चैत ६ बिहीवार

795 

shares

६ चैत, काठमाण्डौं । न्यायाधिश  टेकनारायण कुँवरले कोरोना भाइरस (कोभिड १९) रोकथाम सम्बन्धी सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी सुझाव सबै नागरिकले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

न्यायाधिश कुँवरले कोरोना आउला र उपचार गरौंला भनेर कोही नबसौं भनेर सुझाव दिएका इटालियन डा. फाबियोना डि मार्कोको सुझाव नेपालजस्तो देशलाई महत्वपूर्ण उदाहरण भएको बताएका छन् ।

इटलीका डा. फाबियानो डि मार्कोको सल्लाह र हाम्रो भावी दिशाःइटालीको जस्तो अवस्थामा नपुगेका बाँकी सबै देशका लागि डा. मार्कोको अनुभवसिद्ध सल्लाह छः –कोरोना आउला र उपचार गरौंला भनेर कोही नबसौं, त्यो सम्भवै छैन । जति गर्न सकिन्छ, महामारी आइनपुग्दै, नफैलिँदै गरौं । अहिलेको सानो लापरवाही वा हेल्चेक्र्याइँ पछि गएर हजारौं ज्यान जाने कारक बन्न सक्छ । नेपालजस्तो देशका लागि यो सुझाव धेरै महत्वपूर्ण छ ।’ न्यायाधिशन्यायाधिश कुँवरले  सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

न्यायाधिश कुँवरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नागरिकले अपनाउनुपर्ने साबधानी र सरकारले तत्काल चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएका छन् ।

अब हामीले अपनाउने सावधानी निम्न बमोजिम हुनुपर्ने देखिन्छः
-अघि सारेका स्वास्थ्य सम्बन्धी सुझावहरुलाई सबै नेपाली नागरिकहरुले गम्भीरताकासाथ आत्मसात गर्ने ।

-सरकार भन्दै गर्छ म मेरै शुरमा हिंड्छु भन्नेजस्तो लापरवाह सोचबाट मुक्त भइ समय अनुसारको अनुशासनमा रहने ।

-चीन पछि इटली स्पेन द कोरिया र इरानमा देखिएको महामारीबाट अरु मुलुकले थप सिक्ने अवसर रहेकोले शुरुमै प्रवेश रोक्न दरो कदम चालिनुपर्छ ।

-नेपाल लगायतलाई यो अवसर मिलेको छ । हामी नागरिकहरुले सरकारको अनुरोधलाई इमान्दारीपूर्वक होस्टेमा हैंसे गर्नु पर्दछ ।

-अहिले मुलुकको घाटा र नाफा वा अर्थोक हेर्ने बेला होइन । तसर्थ सरकारले पनि छिटोभन्दा छिटो निम्नलिखित कदम चाल्न आवश्यक छः

-नागरिक सेवाका लागि स्थापित दैनिक धेरै सेवाग्राही आफै उपस्थित हुनुपर्ने सरकारी कार्यालयहरु जस्तैः अदालतहरु, सरकारी वकिल कार्यालयहरु, जिल्ला प्रशासन, भूमीसुधार तथा मालपोत, बैंक तथा वित्तिय संस्थाहरु आदि केही समयको लागि बन्दको घोषणा गर्ने ।

-नागरिकहरु अति आवश्यक कामका लागि एक घरबाट एकजना सक्षम व्यक्ति मात्र सो कामका लागि मात्र बाहिर जान पाउने र काम सकेपछि तुरुन्त घर फर्कने नियम कडाइकासाथ लागु गर्ने ।

-स्थानीय सरकारहरुले त्यसरी जरुरी कममा जानको लागि घर घरमा पास उपलब्ध गराउने ।

-सरकारले आवश्यक मात्रामा मास्क स्यानिटाइजर र दैनिक उपभोगका सामानहरुको उपलब्धता बारे विशेष निगरानी सहितको व्यवस्था सुलभ मिलाउने ।

-सरकारको तर्फबाट यो प्रबन्ध लागु भए नभएको प्रभावकारी अनुगमन गर्ने ।

-कसैलाई यो रोगको शंका लागेमा सोधपुछ गर्न सकिने हटलाइन टेलिफोनको व्यवस्था हरेक जिल्लााई क्षेत्र निर्धारण गरी हरेक वर्गिकृत क्षेत्रमा हटलाइन सेवा मिलाउने ।

वि.सं.२०७६ चैत ६ बिहीवार २१:५३ मा प्रकाशित

विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार...

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक...

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...