back
CTIZAN AD

भारतीय प्रधानमन्त्रीद्धारा देशवासीका नाममा सम्बोधन, २२ मार्च देखि देशभर कफ्र्यु लगाइने

वि.सं.२०७६ चैत ६ बिहीवार

1K 

shares

६ चैत, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरी फैलिरहेको कोरोनाका बारेमा सम्बोधन गर्दै आफ्ना जनतालाई नआत्तिन र संयमता अपनाउन अनुरोध गरेका छन् ।

विहिबार देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पूरै विश्व संकटको गम्भीर अवस्थामा पारिरहेका र यतिबेला कोरोनाले पूरै विश्वलाई संकटमा पारिदिएको बताएका छन् ।

प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा २२ मार्चदेखि बिहान ७ बजेदेखि राती ९ बजेसम्म लाग्ने कफ्र्युका पालना गर्न समेत सबै देशवासीलाई अनुरोध गरेका छन् ।

प्रधानमन्त्री मोदीेले दोश्रो विश्युद्धमा पनि यतिधेरै देश प्रभावित नभएको बताउँदै पछिल्लो दुई महिनादेखि सबैले कोरोना भाइरसबारे चिन्ताजनक समाचार दिइरहेको र सुनिरहेको समेत सम्बोधनका क्रममा बताएका छन् ।

भारतले कोरोना जस्तो विश्व महामारीको डटेर सामना गरिरहेको बताएका प्रधानमन्त्री मोदीले भने ‘केही दिन त यस्तो लागि रहेको छ कि हामी संकटबाट बाँचिरहेका छौं ।’ तर पनि कोरोनाबाट निश्चिन्त भएर बस्ने र सोच्नु ठिक नभएको बताउँदै उनले प्रत्येक भारतवासीलाई सर्तक हुन आग्रह समेत गरेका छन् ।

उनले भनेका छन् ‘मलाई तपाईहरु केही हप्ता चाहिएको छ । तपाईको केही समय चाहिएको छ ।’
त्यसैगरी प्रधानमन्त्री मोदीले ६० देखि ६५ वर्षका वृद्धवृद्धालाई केही साता बाहिर ननिस्कन अनुरोध गरेका छन् । साथै उनले कम्पनीमा मालिकहरुलाई अनुरोध गर्दै कामदारको तलब कटौती नगर्न अनुरोध समेत गरेका छन् । ‘उनीहरुको पनि परिवार छन् । परिवारका लागि खाना र औषधि किन्न जरुरी हुन्छ ।’

त्यसैगरी प्रधानमन्त्री मोदीले धेरै खाद्यावस्तु संचित गरेर नराख्न सुझाव समेत दिएका छन् । उनले सबैभन्दा पहिले मानवियता देखाएर सबैलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् । त्यसैगरी उनले नचाहिने हल्लाबाट बच्न पनि अनुरोध गरेका छन् ।

प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा दुई प्रमुख कुरा संकल्प र संयमता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले स्वयम् संक्रिमित हुनेबाट बच्नेछौं र अरुलाई पनि यस विमारबाट बचाउने छौं भन्ने संकल्प लिन जरुरी रहेको बताएका छन् । साथै भिडभाडबाट बच्न र घरबाट बाहिर ननिस्कन लगायतका संयमता अपनाउन समेत आग्रह गरेका छन् ।

त्यसैगरी अर्थमन्त्रीको नेतृत्वमा गठित इकोनोमिकल टाक्सर्फोसले आवस्यक फैसला लिने पनि जानकारी दिएका छन् ।

वि.सं.२०७६ चैत ६ बिहीवार २२:३२ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...