back
CTIZAN AD

यस्तो छ तपाईको आजको राशिफल, कुन राशिकालाई छ त आज फलिफाप ?

वि.सं.२०७६ चैत ७ शुक्रवार

936 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कीर्तिमानी काम गर्ने समय छ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । केही बाध्यताले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ । तत्काल फाइदा नभए पनि स्रोत पहिचान गर्न सकिनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुन्दर पहिरन र भौतिक साधन जुटाउने समय छ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्त भए पनि आफ्नै आलस्य गर्ने बानीले काममा पछि परिनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पा
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले अवसर दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले आंशिक उपलब्धि हुनेछ । सन्तान वा अनुयायीको साथ, सहयोग प्राप्त हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । चौपाया तथा भूमिको माध्यमबाट सामान्य लाभ उठाउन सकिनेछ । विश्वासपात्रबाट धोका पाइनेछ र काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
हिम्मतले काम बनाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । अरूको वचन हार्न नसक्दा दुस्ख पाइनेछ । तर मिहिनेत गर्दा पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा पनि सजग रहनुहोला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ । नयाँ कामको नेतृत्व लिन सफल भइनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा होस नपुग्नाले खर्च बढ्नेछ । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आफ्नै कमजोरीले विवाद निम्त्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन् । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ । आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ ।

चैत ७ (मार्च २०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस यस्तो छ तपाईको आज (चैत ६ गते) को राशिफल

वि.सं.२०७६ चैत ७ शुक्रवार ०८:१७ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...