back
CTIZAN AD

कस्तो छ जीवन वीमा कम्पनीहको २०७६ माघ मसान्तसम्मको आर्थिक परिसूचक ?

वि.सं.२०७६ चैत ३ सोमवार

1.7K 

shares

३ चैत्र, काठमाडौं । जीवन वीमा कम्पनीहरुको व्यवसाय बढेसंगै उनीहरुको आर्थिक परिसूचक पनि बढेको छ । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरुले आफ्नो सेवा प्रवाह गरिरहेका छन । तिनीहरु मध्ये १ वटा नेपाल सरकारको लगानी रहेको र बाँकी १८ वटा निजी क्षेत्रबाट संचालनमा रहेका छन ।

बीमा कम्पनीहरुमाको संख्याले गर्दा वीमा बजार प्रतिस्पर्धि देखिएको छ । नियमनकारी निकाय वीमा समितिले जीबन बीमा कम्पनीहरुको चुक्त पूँजी २ अर्ब पुर्याउन लगाएको पनि छ । खुलाबजार अर्थतन्त्रको कारणले गर्दा प्रतिस्पर्धा बढेर आ.ब.२०७६/७७ को माघ मसान्तसम्ममा कूल जनसंख्याको २२.१२ प्रतिशत बीमाको दायरामा आएको बीमा समितिको तथ्याङ्कले देखाएको छ ।

जीबन बिमा कम्पनीहरुको आर्थिक परिसूचक

१. नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

निजि क्षेत्रको सबैभन्दा ठूलो जीबन बिमा कम्पनी हो । बि.सं. २०५८ साल वैशाखमा स्थापना भएको यो कम्पनीले देशैभरि १७५ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । चालु आ.ब.को माघमसान्त सम्ममा यो कम्पनीले प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत १६ अर्ब ११ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको २३.२१ प्रतिशत हो ।

 

‘विश्वास’ बेचेरै सफलता चुमेका विवेक

 

२. लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ली.

निजि क्षेत्रको अर्को ठूलो जीबन बिमा कम्पनी हो । बि.सं. २०५८ साल साउनमा स्थापना भएको यो कम्पनीले देशैभरि ५८ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । चालु आ.ब.को माघ मसान्तसम्ममा यो कम्पनीले प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ८ अर्ब ८४ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको १२.७४ प्रतिशत हो ।

३. राष्ट्रिय बिमा संस्थान

नेपाल सरकारको स्वमित्वमा रहेको एक मात्र जीबन बीमा कम्पनी हो । बि.सं. २०२५ साल पुषमा स्थापना भएको यो कम्पनीले देशैभरि १२ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । चालु आ.ब.को माघ मसान्तसम्ममा यो कम्पनीले प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ६ अर्ब १८ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको ८.९० प्रतिशत हो ।

 

सात महिनामा जीबन बीमाकम्पनीहरुको मात्र ५४ अर्बको ब्यापार

 

४. नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

निजि क्षेत्रको अर्को ठूलो जीबन बिमा कम्पनी हो । बि.सं. २०४४ साल पुषमा स्थापना भएको यो कम्पनीले देशैभरि ९९ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । चालु आ.ब.को माघ मसान्तसम्ममा यो कम्पनीले प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ४ अर्ब ६० करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको ६.६३ प्रतिशत हो ।

५. यूनियन लाईफ ईन्स्योरेन्स कंम्पनी लिमिटेड

निजि क्षेत्रको अर्को ठूलो जीबन बिमा कम्पनी हो । बि.सं. २०७४ साल असारमा स्थापना भएको यो कम्पनीले देशैभरि १५४ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । स्थापनाको छोटो अबधिमा नै उल्लेख्य प्रगती हासिल गरिरहेको यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत २ अर्ब ८८ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको ४.१५ प्रतिशत हो ।

६. एसियन लाईफ ईन्स्योरेनस कम्पनी लिमिटेड

निजि क्षेत्रको अर्को ठूलो जीबन बिमा कम्पनी हो । बि.सं. २०६४ साल चैत्रमा स्थापना भएको यो कम्पनीले देशैभरि ११४ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । चालु आ.ब.को माघ मसान्तसम्ममा यो कम्पनीले प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत २ अर्ब ६५ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको ३.८२ प्रतिशत हो ।

७. मेटलाईफ(अमेरिकन लाईफ)

बि.सं. २०५८ साल साउनमा नेपालमा स्थापना भएको यो अमेरिकन लाईफ कम्पनीले देशैभरि २५ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । चालु आ.ब.को माघ मसान्तसम्ममा यो कम्पनीले प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत १ अर्ब ७२ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको २.४८ प्रतिशत हो ।

८. सूर्यलाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०६४ साल चैत्रमा स्थापना भएको यो कम्पनीले देशैभरि ७७ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । चालु आ.ब.को माघ मसान्तसम्ममा यो कम्पनीले प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत १ अर्ब ९१ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको २.७५ प्रतिशत हो ।

९. गुराँस लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०६४ साल चैत्रमा स्थापना भएको यो कम्पनीले देशैभरि ७० शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । चालु आ.ब.को माघ मसान्तसम्ममा यो कम्पनीले प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत १ अर्ब ११ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको १.६ प्रतिशत हो ।

१०. प्राईम लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०६५ साल जेठमा स्थापना भएको यो कम्पनीले देशैभरि १२७ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । शाखा संजालमा तेस्रो यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत १ अर्ब ६९ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको २.४३ प्रतिशत हो ।

११. आइएमई लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल असारमा स्थापना भएको यो कम्पनीले देशैभरि ७४ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ६९ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको १ प्रतिशत हो ।

१२. ज्योती लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल असारमा स्थापना भएको यो कम्पनीले देशैभरि ९८ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ८९ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको १.२८ प्रतिशत हो ।

१३. सन नेपाल लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल साउनमा स्थापना भएको यो कम्पनीले देशैभरि ६९ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ६९ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको ०.९७ प्रतिशत हो ।

१४. रिलायन्स लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल साउनमा स्थापना भएको यो कम्पनीले देशैभरि ६८ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ७१ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको १.२ प्रतिशत हो ।

१५. रिलायवल नेपाल लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल साउनमा स्थापना भएको यो कम्पनीले देशैभरि ७० शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत १ अर्ब २६ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको १.८२ प्रतिशत हो ।

१६. सिटिजन लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल भदौमा स्थापना भएको यो कम्पनीले देशैभरि ६७ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ९६ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको १.३८ प्रतिशत हो ।

१७. सानिमा लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल भदौमा स्थापना भएको यो कम्पनीले देशैभरि ५० शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ४८ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको ०.६९ प्रतिशत हो ।

१८. प्रभुलाईफ लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल भदौमा स्थापना भएको यो कम्पनीले देशैभरि ४७ शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ३८ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको ०.५५ प्रतिशत हो ।

१९. महालक्ष्मी लाईफ इन्स्योरेनस कंम्पनी लिमिटेड

बि.सं. २०७४ साल भदौमा स्थापना भएको यो कम्पनी सबै भन्दा कम शाखा सन्जाल भएको बीमा कम्पनी हो । हाल यो कम्पनीले देशैभरि १० शाखाहरु मार्फत आफनो कारोबार गरिरहेको छ । यो बीमा कम्पनीले चालु आ.ब.को माघ मसान्तसम्ममा प्रथम बीमा शुल्क र नबिकरण शुल्क वापत ४३ करोड रुपैंयाँ संकलन गरेको छ । यो बीमा कम्पनीहरुले संकलन गरेको कूल ६९ अर्ब ४१ करोडको ०.४३ प्रतिशत हो ।

यो पनि हेर्नुहोस

जीबन वीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि

‘विश्वास’ बेचेरै सफलता चुमेका विवेक

सात महिनामा जीबन बीमाकम्पनीहरुको मात्र ५४ अर्बको ब्यापार

 

वि.सं.२०७६ चैत ३ सोमवार १७:४८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...