
७ चैत, महेन्द्रनगर । कोरोना भाइरस रोकथामका लागि सीमामा राखिएको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा शुक्रबारदेखि नेपाली सेनाका चिकित्सक खटिएका छन् ।
श्री नम्बर २२ बाहिनी अड्डा अन्तर्गत श्री गरुणदल गण रामनगर ब्यारेक बुटवलबाट दुईजना डेस्कमा खटिएका हुन् । उनीहरुले भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षणमा सघाइरहेका छन् । यसअघि शसस्त्र प्रहरी र नेपाल प्रहरीले पनि डेस्कमा सघाउँदै आएका छन् ।
सर्वसाधारणको स्वास्थ्य परीक्षणको काम पूर्ण रुपमा स्वास्थ्यकर्मीहरु भएपनि उनीहरु पन्छिदा सुरक्षाकर्मी नै डेस्कमा डेस्कमा खटिनु परेको हो । डेस्कमा प्रयाप्त स्वास्थ्यकर्मी छैनन् । एक सिफ्टमा तीनजना गरी नगर स्वास्थ्य केन्द्रका तल्लो तहका स्वास्थ्यकर्मी खटिएका छन् । शनिबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ चैत ८ शनिवार ०८:५८ मा प्रकाशित