back
CTIZAN AD

डा.ओम मुर्ति अनिल भन्छन्–रुघाखोकी लाग्दैमा कोरोना संक्रमण भन्न मिल्दैन

वि.सं.२०७६ चैत ८ शनिवार

975 

shares

जमानसमा यतिबेला रुघाखोकी र ज्वरो आएमा त्यो व्यक्तिलाई त्रास हुन्छ कि, मलाई कोराना त लागेन भन्ने शंका गरिरहेका हुन्छन् । तर, डा ओममुर्ति अनिलले त्यसमा नआतिन बताएका छन् । डा. अनिलले रुघाखोकी लाग्दैमा कोरोना संक्रमण भएको भन्ने नसोच्न समेत सुझाएका छन् ।

डा. अनिलले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण नदेखिएको र ६ सय जनामा जाँच गर्दा त्यस्तो नदेखिएको बताउँदै रुघाखोकी र ज्वरो चिसो र अन्य कारणले पनि भएको हुनसक्ने सोच्नुपर्ने भन्दै नआत्तिन अनुरोध गरेका छन् । उनले यस्तो अवस्थामा नआतिन सामान्य रुघाखोकी हो भन्ने बुझ्नु पर्छ । यदि उच्च ज्वरो, सुख्खा खोकी, शरीर दुख्ने लगायतका समस्या देखिएमा डाक्टरको सल्लाह लिन पनि सुझाएका छन् ।

त्यस्तै कोरोना भाइरस र साधारण रुघाखोकी छुट्याउन जरुरी रहेको पनि डा.अनिलले बताएका छन् । डा. अनिलले सुख्खा खोकी र १०० भन्दा बढी तापक्रमको ज्वरो आएमा त्यो कोरोनाको लक्षण हुन सक्ने बताएका छन् । ज्वरो र रुघाखोकी लाग्दा पारा सिटामोले खान राम्रो हुने पनि बताएका छन् । ५०० ग्राम सम्मको दिनको २ वटा खान सकिने पनि सुझाव दिएका छन् ।

भिडियोमा हेरै के भन्छन् त डा. अनिल ?

वि.सं.२०७६ चैत ८ शनिवार १३:४५ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...