back
CTIZAN AD

अलिवावा कम्पनीका मालिक ज्याक माले कोरोना भाइरससँग जुझ्न नेपाललाई सहयोग गर्ने

वि.सं.२०७६ चैत ८ शनिवार

1K 

shares

८ चैत, काठमाण्डौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग जुझ्नका लागि चिनियाँ कम्पनी अलिवावाका मालिक ज्याक माले नेपाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।

चिनियाँ रिटेल कम्पनीका मालिक ज्याक माले नेपालसहित नौ एसियाली देशलाई कोरोना भाइरससँग लड्नका लागि विभिन्न सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

ज्याक माले दक्षिण एसियाली मुलुकहरुमा नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, मालदिभ्स, म्यानमार र लाओसलाई सहयोग गर्ने पनि ट्विटरमा बताएका छन् ।

कुन मुलुकलाई कति सामाग्री सहयोग गरिने भन्ने नखुलाएका ज्याक माले १० लाख मास्क, २ लाख टेष्ट किट ३६ हजार सुरक्षा पोसाक, भेन्टिलेटर र थर्मोमिटर दिने भएका हुन् । उनले उक्त कुरा ट्विटमार्फत् बताएका हुन् । उनले ट्विटमा भनेका छन् ‘यो सामग्री पुर्याउन त्यति सहज छैन तर हामी यो सम्पन्न गर्ने छौं ।’

वि.सं.२०७६ चैत ८ शनिवार १४:२६ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...