back
CTIZAN AD

साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाउंछः बरिष्ठ साहित्यकार बुँद राना

वि.सं.२०७६ चैत ८ शनिवार

948 

shares

८ चैत, टिकापुर , कैलाली । अक्षर साहित्य प्रतिष्ठानको बाह्रौ स्रष्टा आँगन तथा सम्मान कार्यक्रम यसपटक टीकापुरमा भएको छ । प्रतिष्ठानको श्रष्ठा आँगन कार्यक्रम साहित्यकार बलबहादुर रावलको आँगनमा भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै वरिष्ठ साहित्यकार प्राज्ञ बुँद रानाले साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाउने बताएका छन् । रानाले प्रकृतिले सबै थोक दिएको भएपनि प्रवृत्तिले ठग्ने हुनाले युवाहरुले युगवाहकको रुपमा रहनुपर्ने बताए । साहित्यले विकृति रोक्नमा सहयोग पुग्ने र साहित्यबाटै सँस्कार, सँस्कृति सिकाउदै समृद्धि हुने समेत बताए ।

कार्यक्रममा साहित्यकार एबम समाजसेवी बलबहादुर रावल, उनका आमाद्धय सावित्री देवी रावल र चम्फादेवी रावल, पत्रकारिता क्षेत्रबाट समाजलाई सहयोग गर्ने पत्रकार गणेश चौधरीलाई श्रष्टाको आँगनमा सम्मान गरिएको थियो ।

अक्षर साहित्य प्रतिष्ठान लम्कीका अध्यक्ष धनराज अविरलले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव मदन प्यासीले गरेका थिए । कार्यक्रममा पूर्वराज्यमन्त्री चन्द्र सिंह भट्टराई, वरिष्ठ साहित्यकार गगनसिह थापा र सोनु गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने रुपा रावल स्वार लगायत २१ जना स्रष्टाले विभिन्न रचना वाचन गरेका थिए ।  कार्यक्रम संचालन साहित्यकार विपी खनालले गरेका थिए ।

वि.सं.२०७६ चैत ८ शनिवार १३:१२ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...