back
CTIZAN AD

निर्माण व्यवसायीका तर्फबाट एक करोड सहयोग

वि.सं.२०७६ चैत १२ बुधवार

828 

shares

१२ चैत, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायी कोषबाट कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गर्ने भएको छ ।

महासङ्घको बैठकले विश्वमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई रोकथामका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । महासङ्घका महासचिव रोशन दाहालले देशमा परेको विपत्तिको सामना गर्नका लागि निर्माण व्यवसायीले समेत सरकारलाई हातेमालो गर्न उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए ।

महासङ्घले मंगलबार बिहानदेखि चैत १८ गते साँझसम्म सरकारले गरेको ‘लकडाउन’को निर्णयको स्वागत समेत गरेको छ । कोभिड–१९ भाइरसका कारण आउनसक्ने विषम परिस्थितिको पूर्वतयारीअनुसार गरिएको ‘लकडाउन’को निर्णय महासङ्घले स्वागत गर्दछ”, महासचिव दाहालले भने ।

महासङ्घले ‘लकडाउन’को समयमा निर्माण व्यवसायी सदस्यले आआफ्नो निर्माण कार्य बन्द गरी घरभित्र सुरक्षितरुपमा बस्न सबैलाई आग्रहसमेत गरेको छ । अहिलेको असहज अवस्थामा समेत अतिआवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिनसमेत महासङ्घले अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत १२ बुधवार ०७:४९ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...