१२ चैत, डिसी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्युहुनेको संख्या ७८८ पुगेको छ ।
भर्खरै सार्वजनिक भएको पछिल्लो तथ्यांक अनुसार ४३ हजार ३ सय ४३ जना संक्रमित भएका छन् भने ३ सय ४८ जना स्वस्थ भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा कोभिड १९ बाट न्युयोर्कमा मानिसहरु मर्नेको संख्या २७१ पुगेको छ भने वाशिंगटनमा १२४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी क्यालिफोर्नियामा ५१, न्युजर्सीमा ४४, फ्लोरिडामा २२, लुजियानामा ४६, इलिनोइमा १६, कोलोराडोमा ११, टेक्सासमा १२, विस्कनसिनमा ५, डिसीमा २, जर्जियामा ३२, ओहायोमा ९, मिसिगनमा २४, इन्डीयानामा १२ ,एरिजोनामा ५,पेनसेलभेनियामा ८, कनेक्टिकटमा १२, मेरिल्याण्डमा ४, भर्जिनियामा ९, ओरेगनमा ८, साउथ क्यारोलाइनामा ५, नेभादामा ६, ओक्लाहोमा ३, इन्डियानामा १२, केन्टकीमा ४, भर्मन्टमा ७, कनेक्टिकटमा १२, हवाईमा १, क्यान्ससमा २, मिसौरीमा ८, साउथ डकोटामा १ गरि कुल ७८८ जनाको मृत्यु भएको हो
वि.सं.२०७६ चैत १२ बुधवार ०९:१५ मा प्रकाशित






























