कोरोना भाइरस(कोभिड १९) का कारण विश्व लकडाउनको अवस्थामा छ । नेपालमा पनि एक युवती कोरोना संक्रमित देखिएपछि मंगलबारबाट सरकारले एकहप्ताका लागि लकडाउन घोषणा गरेको छ । कोरोनाबाट बच्न सबैभन्दा राम्रो उपाय भनेको घर भित्र बस्ने र स्वास्थ्यको ख्याल गर्ने । तर केही व्यक्तिहरु लकडाउनको बेवास्था गर्दै बाहिर हिड्डुल गरिरहेका छन् । सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गरुँ, यदि हामीले अटेरी गरे के हुन्छ, यो अनुभवले पनि शिक्षा दिनेछ भन्ने उद्देश्यले सामाजिक सञ्जालमा भेटिएको यो सन्देश सम्प्रेषण गरिएको छ । लेखक तथा अनुवादकप्रति सम्मान व्यक्त गरिन्छ ।
ईटलीबाट एउटा पत्र
सबैको निम्ति शान्तिको चाहना,
हामी ईटलीको मिलानमा मा बसोबास गर्छौं ।
यस्तो अप्ठ्यारो परिस्थितिमा मिलानमा जीवन कस्तो छ, म तपाईहरुसंग त्यो साझा गर्न चाहन्छु । अनि यो बुझाउन चाहन्छु कि हामीले गरेको भूलहरुको कारणले हामीले कस्तो परिणामहरु भोग्नु पर्यो अनि त्यो भूलहरुबाट कसरी शिक्षा लिने त्यो यहाँ बताउन चाहन्छु।
हामी अहिले संगरोध (quarantine) मा छौं। हामी अहिले बाटोहरुमा जाँदैनौं, पुलिसले हाम्रो प्रत्येक क्रियाकलापहरुको निगरानी गरिरहेको छ अनि कसैलाई आफ्नो घर बाहिर देख्यो भने पक्राउ गरिहाल्छ।
सबै सबै बन्द भएको छ। व्यापार, मलहरु, दोकानहरु सबै कुनैपनि बाटोमा चहल पहल देखिन्न।
संसार अन्त भएको अनुभव भईरहेको छ । ‘ईटली’ एक जीउँदो खिलखिलाउँदो देश आज अर्कै रुपमा रुपान्तरण भएको छ यस्तो लाग्छ मानौ यो युद्ध झेलिरहेको एउटा अन्ध्यारो कालो देश थियो।
यो साँचो हो कि मैंले जीवनमा यस्तो दिन भोँगुला भन्ने कहिल्यै सोंचेको थिइन।
मानिसहरु अलमल्ल छन् । उदास छन्। सबैमा एकतमासको छटपटि छ । साहाराविहिन छ। तिनीहरु यो बुझ्न सकिरहेका छैनन् कि यो कटु सत्यता तिनीहरुमाथि कसले र कसरी थोपे अनि यो दुस्स्वप्नको अन्त कहिले हुन् ।
सबैभन्दा ठुलो भूल यो थियो कि जब यो महामारीको पहिले आक्रमण भयो तब मानिसहरुले त्यसको वास्ता नगरि आफ्नो दैनिकी जीवन सामन्य रुपमा चलाइरहे । सबैजना बाटोहरुमा थिए । आ–आफ्नो काममा थिए । मनोरंजन गरिरहेका थिए । लाग्थ्यो कि सबैजना छुट्टीमा छन्। यसर्थ साथीहरु माझ भेला हुनु र भोज गर्नु सामान्य थियो।
सबैजना गलत थिए र तपाईहरुले पनि गल्ती गर्नुहुँदैछ। म हात जोड़छु, कृपया एकदमै सावधान बस्नुहोस्यो। हाँस्ने र हँसाउने विषय पटक्कै होइन।
आफ्नो आफन्त अनि मायालुहरुलाई जोगाउनुहोस् । तपाईहरुको मातापिता अनि हजुरबुबाहजुरआमालाई विशेषगरि। यो संक्रमण उनीहरुको निम्ति एकदमै भयानक हो।
प्रायः २०० (दुइ सय) मानिसहरुको प्रत्येक दिन मृत्यु हुँदैछ। यो मिलान मा औषधि राम्रो नभएर होइन । यहाँको औषधि विश्वको राम्रो औषधिहरुमा एक मानिन्छ । तर यहाँ सबैको निम्ति ठाउँ छैन अर्थात सक्रंमितहरुको संख्या यति छन् कि तिनीहरुलाई राख्ने ठाउँ छैन।
आज कसको मर्ने पालो त्यो डाक्टरहरु रोज्दछन् । यो सबै आम नागरिकहरुले शुरुवातमा गरेको मुर्खताको कारणले हो । जसले शुरुमा आफ्नो जीवन सँधै झैं सामान्य रुपमा जीउने निर्णय गरे, भोली आउने परिस्थितिको बेवास्ता गर्दै।
दयागरी हाम्रो भूलहरुबाट सिक्नुहोस् । हाम्रो देश सानो छ अनि यो एक ठूलो त्रासदीको रुपमा परिणत हुनसक्छ।
अब राम्ररी सुन्नुहोस् :
भिँड़भाँड़ भएको ठाउँमा नजानुहोस्।
खुल्ला ठाउँमा खानपिन गर्न सकेसम्म जोगिनुहोस्।
यस्तो समयमा घरमा नै धेरै समय बिताउनुहोस्।
स्वास्थ्य विभागले दिएको दिशा निर्देशहरुलाई पालन गर्नुहोस् ।
कृपया यसलाई दिल्लगीमा नलिनुहोस् ।
कसैसित बातचित गर्दा १ (एक) मिटर टाढ़ोमा बसेर बातचित गर्नुहोस् ।
नजिक नजानुहोस् । कसैलाई अंगालो नमार्नुहोस् । कसैसंग लुटुपुटु नगर्नुहोस्।
संक्रमित हुनभन्दा अघि नै यसबाट बाँच्ने उपायहरु अपनाउनुहोस् अनि अरुले गरेको गल्तीहरुबाट सिक्नुहोस्। हामी यो सल्लाह दिन्छौं कि आफ्नो शरिरको प्रतिरक्षा क्षमता बढ़ाउनको निम्ति बेसी भन्दा बेसी भिटामिन ‘सि’को खुराक लिनुहोस्।
स्वास्थ्य कर्मचारीहरुलाई सहयाता गरेर यो महामारीलाई अझ फैलिनुबाट रोक्नुहोस् ।
ईटलीमा वा भनौं सम्पूर्ण ईटली देश नै अहिले अलग राखिएको छ यसको मतलब ६० (साठी) मिलियन मानिसहरु संगरोध (quarantine)मा छ।
यसलाई रोकथाम गर्न सकिन्थ्यो यदि मानिसहरुले शुरुमा नै स्वास्थ्य संस्थानको दिशा निर्देशहरुलाई पालन गरेको भए। आफ्नो ख्याल गर्नुहोस् अनि आफ्नो आफन्त र मायालुहरुको ख्याल गर्नुहोस्।
वि.सं.२०७६ चैत १२ बुधवार ०९:२६ मा प्रकाशित






























