back
CTIZAN AD

डेरामा बस्नेहरुलाई सहुलियत दिन बुद्धिजीवीहरुको अपिल

वि.सं.२०७६ चैत १२ बुधवार

879 

shares

१२ चैत्र, काठमाण्डौ ।  नेपाल बुद्धिजीवी संगठन केन्द्रीय समितिले डेरामा बस्नेहरुलाई सहुलियत दिन घरधनिहरुसंग अपिल गरेको छ ।
नेपाल बुद्धिजीवी संगठन केन्द्रीय समितिका तर्फबाट संयोजक डा दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले एक अपिल मार्फत सो आग्रह गरेका हुन ।

उक्त बक्तब्यमा भनिएको छ ‘ विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको असहजता का कारण सिंगो मानव जाति नैकुनै न कुनै रुपमा प्रभावित भइरहेको छ । मानव जाति यस महामारीमाथि विजय प्राप्त गर्न निरन्तर प्रयत्नशील छ । जुन देशको सरकार र नागरिक कोभिड–१९ का विरुद्ध योजनावद्ध र अनुशासित ढंगले संघर्ष गरिरहेका छन्, उनीहरुले एकपछि अर्को सफलता पनि हासिल गर्दैछन् । यस अर्थमा कोभिड–१९ विरुद्धको लडाइँमा राज्य र नागरिकको सहकार्य अत्यावश्यक देखिएको छ ।

नेपाल सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत्र १८ गतेसम्मका लागि सिंगो देशलाई ‘लकडाउन’ गरेको छ । सरकारका तर्फबाट नागरिकका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तुहरुको आपूर्ति, स्वास्थ्य परीक्षणमा देखिएको संवेदनशीलता र महामारीविरुद्ध लड्न नागरिकलाई गरेको अपील आफैंमा महत्वपूर्ण छ । सरकारले लिएका निर्णय नागरिकको सुरक्षाका लागि नै हुन् । यसर्थ, सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयहरुलाई दृढतापूर्वक पालना गरेर मात्र सम्भावित जोखिमलाई न्युनिकरण गर्न सकिन्छ । यसतर्फ सचेत रहन सम्पूर्ण नेपालीहरुमा नेपाल बुद्धिजीवी संगठन हार्दिक अपील गर्दछ ।

नागरिकप्रति संवेदनशील राज्य र आत्मअनुशासित नागरिकको एकताका बलमा मात्रै कुनै पनि महामारीविरुद्ध दृढतापूर्वक लड्न सकिन्छ । हामीलाई पनि अहिले त्यस्तै संवेदनशीलता र आत्मअनुशासनको एकता चाहिएको छ । त्यसका लागि नागरिकले पर्याप्त स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ । लकडाउनको अवस्थामा घरबाहिर ननिस्कन, साबुन पानीले नियमित हात हुन, मास्कको अनिवार्य प्रयोग गर्न, शरीर तथा बासस्थान सफा राख्न, स्वस्थकर खानामा ध्यान दिन, अनावश्यक भ्रमबाट आतंकित नहुन र पर्याप्त सावधानी अपनाउन सबैमा अपील गर्दछौं ।

बुद्धिजीवीहरु समाजका सचेत र अगुवा नागरिक हुनुका नाताले नागरिकलाई सही सूचना र सन्देश प्रवाह गर्नु, समस्या परेका बखत खुला दिलले सहयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो । तसर्थ, कोरोना भाइरसको महामारीविरुद्ध सरकारले खडा गरेको कोषमा सम्भव रकम सहयोग गर्न, आफ्नो घर, छिमेक र टोलमा समस्या परेमा नैतिक, भौतिक लगायतका सहयोग गर्न, कोरोना भाइरसबारे सचेतना प्रवाह गर्न र आफ्नो घरमा डेरा गरी बस्ने नागरिकलाई सम्भव सहुलियत प्रदान गर्न नेपाल बुद्धिजीवी संगठन हार्दिक अपील गर्दछ, । ’

१२ चैत्र, काठमाण्डौ ।

वि.सं.२०७६ चैत १२ बुधवार ०९:४२ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...