
१२ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई कोरोना भाइरसको महामारीबाट सुरक्षित रहन अनुरोध गर्दै सरकारले घोषणा गरेको राहतकोषमा सक्दो आर्थिक सहयोग गर्न आफ्ना भातृ संगठनलाई अपिल गरेको छ ।
नेकपाले महामारी रोकथाम तथा संक्रमितहरुको उपचारका लागि नेपाल सरकारले घोषणा गरेको केन्द्रीय राहत कोषमा सक्दो आर्थिक सहयोग गरी मुलुकका लागि योगदान गर्न प्रवासी नेपाली संघ संस्था तथा इच्छुक प्रवासी नेपाली महानुभावमा पनि अनुरोध गरेको छ ।
त्यसैगरी विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारी र त्यसले नेपालमा पनि पारेको असरहरुमा सुधार नआउन्जुले प्रवासका संगठनहरुको सबै कार्यक्रमहरु स्थगीत गरिएको पनि जानकारी दिएको छ ।
‘महामारी बारे नेपाल सरकारले अघि सारेका नीतिहरु तथा रोकथामका प्रयासहरुको सह्राना गर्दै परिस्थितिमा सुधार नआउन्जेल सम्मका लागि हाललाई प्रवास सम्बन्धी संगठनात्मक गतिबिधिहरु स्थगन गरिएको जानकारी गराउँदछौं ।’ प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईँ र सचिव श्री प्रसाद साहद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७६ चैत १२ बुधवार १६:१० मा प्रकाशित