१३ चैत, काठमाडौँ । नेपाली क्रिकेट टिमले अन्तराष्ट्रिय क्रिकेटमा धेरै वल्ड रेकर्डहरु बनाएको छ ।
ती वल्ड रेर्कड मध्य नेपाली क्रिकेट टिमले बनाएका यी ५ वल्ड रेर्कडहरु सायद कहिलै तोडिने छैनन् :
१. २००८ मा आईसीसीले मान्यता दिएको खेलमा नेपाली क्रिकेट टिमका अलराउण्डर मेहबुब आलमले एक्लैले १० विकेट लिएका थिए । आईसीसी डिभिजन ५ मा मोजाम्बिक विरुदको खेलमा मेहबुब आलमले यो वल्ड रेर्कड बनाएका हुन ।
२. २००६ मा नेपाली क्रिकेट टिमले एसीसी कप अन्तर्गतको खेलमा म्यानमार क्रिकेट टिमलाई मात्र १० रनमा अलआउट गरेको थियो । त्यस खेलमा म्यानमारका ६ ब्याट्सम्यान ० मै आउट भएका थिए भने आरु ४ ब्याट्सम्यानले १ मात्र बनाएका थिए । अरु रन भने एक्सट्रका रुपका आएको थियो ।
त्यसै खेलमा नेपाली क्रिकेट टिमले अर्को वल्र्ड रेर्कड पनि बनाएको थिए । म्यानमारले दिएको १० रनको लक्ष्य नेपाली क्रिकेट टिमले ०.२ ओभरमै अर्थात २ बलमै पुरा गरेको थियो ।
३. नेपाली महिला क्रिकेट टिमकी बलर रुबिना क्षेत्रीको नाममा पनि वल्ड रेकर्ड रहेको छ । उनी क्रिकेट इतिहासमै एक ओभरमा सबै भन्दा बढि विकेट लिने क्रिकेटर हुन । सिंगापुर विरुदको खेलमा रुबिना क्षेत्रीले लगातार ५ बलमा ५ विकेट निकालेकी थिईन ।
४. २०२० मा एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा नेपालका बलर सन्दिप लामिछाने वल्ड रेर्कड बनाएका थिए । त्यस खेलमा सन्दिप लामिछानेले टि–२० अन्तराष्ट्रि क्रिकेट सर्वाधिक डट बल गरेका थिए । उनले आफ्नो ४ ओभरमा २४ बल गर्दा २२ डट बल गरेका थिए ।
५. नेपाली क्रिकेट टिमका बलिङ्ग अलराउण्डर सोमपाल कामीको नाममा पनि वल्ड रेर्कड रहेको छ । हंगकंग विरुद्धको खेलमा सोमपाल कमीले १० नम्बरमा आएर ३१ बलमा ४१ रन बनाएका थिए । यो अन्तराष्ट्रिय टि–२० क्रिकेटमा १० नम्बरको ब्याट्सम्यान बनाएको सर्वाधिक रन हो ।
वि.सं.२०७६ चैत १३ बिहीवार १०:५५ मा प्रकाशित






























