back

तपाईहरू फेल हुनुभयो भने देश फेल हुन सक्छ – नेता शाह

वि.सं.२०७६ चैत १३ बिहीवार

519 

shares
GLOBAL IME AD
NTC AD

१३ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका नेता ऋषिकेश जंग शाहले सरकारलाई गम्भिर बन्न आग्रह गर्दै सुझावहरु दिएका छन् । यो बेला आफ्नो क्षमता प्रर्दशन गर्ने बेला भएको भन्दै उनले सरकारलाई सर्तक समेत गराएका छन् । उनले भनेका छन् ‘तपाईहरू फेल भयो भने देश फेल हुन सक्छ ।’

उनले सरकारलाई दिएको सुझाव यस्तो छ :
सरकारलाई विनम्र सुझाव, सरकार संचालन गर्ने सल्लाहकारज्यूहरू, तपाईहरूले देश बन्द गरेको बेला
देशमा जनतालाई आऊने समस्याहरू के के हुन सक्छन सुची तयार गर्नुहोस अनि समाधानका उपायहरू, लिपिबद्ध बनाएर राख्नुस । आफनो योग्यता देखाउनूस । तपाईहरू फेल भयो भने देश फेल हुन सक्छ ।

समस्या न १

सबै तिर बन्द छ । केहि दिनमा घर भित्र चामल दाल ग्यास सकिने छ। सहरमा आपूर्ति व्यवस्था सुचारु गर्ने बारे योजना बनाउनुस् ।

समस्या न २

देश कोरानाका कारण बन्द छ। सहर बजार पसल सबै बन्द छ । रिचार्ज कार्ड छैन । एकआपसमा सम्पर्क गर्नु जनताको आबस्यकता र अधिकार हो । त्यसैले यो संकट अवधिभर जनतालाई पूर्ण रूपले संचार सेवा निःशुल्क उपलब्ध गराउनुस । यो संकटको बेला आफ्ना मालिकहरूसँग व्यापार गर्न मिल्दैन । यो अनुरोध हैन जनताको आदेश हो ।

वि.सं.२०७६ चैत १३ बिहीवार १०:४९ मा प्रकाशित

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...