back
CTIZAN AD

एनआरएनएद्धारा कोरोना पीडित राहतकोषमा सहयोग गर्न अपिल

वि.सं.२०७६ चैत १५ शनिवार

621 

shares

 १५ चैत, काठमाण्डौं । गैरआवासीय नेपाली संघले  विश्वभरी कोरोना भाइरस फैलिरहेको विषम परिस्थितिमा नेपाल सरकारको राहतकोषमा एनआएनएद्धारा गरिने १ करोड सहयोग अभियानमा सहयोगका लागि अनुरोध गरेको छ ।

संघको  २२ मार्चमा बसेको  केन्द्रीय बैठकले  यस विश्वव्यापी महामारीविरुद्ध लड्नका लागि  नेपाल सरकारलाई सहयोग गर्ने उद्धेश्यले कम्तिमा पनि १ करोड  संकलन गर्ने  निर्णय गरेकोले उक्त सहयोगका लागि सवैलाई अनुरोध गरिएको हो ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठको  संयोजकत्वमा गठन गरिएको ‘कोरोना पीडित राहतकोष’ मा सबैलाई सहयोग गर्न अपिल गरिएको हो ।

‘महाभूकम्प, बाढी पहिरो लगायतका आपतकालिन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा सदा झैं यहाँको सहयोगको ठूलो अपेक्षा राख्दै ,यहाँको सहयोगले ‘नेपालीका लागि नेपाली’ भन्ने संघको भावना अनुरुप थुप्रै देशबासीलाई राहत मिल्नेछ भन्नेमा हामीले पूर्ण विस्वास लिएका छौँ ।’ संयोजक श्रेष्ठले भनेका छन् ।

विश्वभर हजारौंको ज्यान गइसकेको र  लाखौँमा यसको संक्रमण देखिएकोले यस डरलाग्दो महामारीबाट नेपाल पनि अछुतो रहन  नसकेको बताउँदै  संयोजक श्रेष्ठले नेपालमा हाल स्वास्थ्य सम्वन्धी सामग्रीको अत्यन्तै अभावका कारण कोरोना भाइरसको टेष्ट समेत सबैक्षेत्रमा हुन नसकिरहेको र काठमाण्डौंका सिमित अस्पतालले मात्र यो भाइरसको संक्रमण थेग्न नसक्ने पनि उनले बताएका छन् ।

सहयोगका लागि संघको आपतकालिन वैंक खाता देहाय वमोजिम रहेको छ ।

Bank Name :​ Sanima Bank Limited
Branch Name : Alkapuri, Kathmandu
Account No :​ 024010510000034
Beneficiary : NRNA EMERGENCY FUND
Swift​Code : ​ SNMANPKA

​​​​​​

वि.सं.२०७६ चैत १५ शनिवार १६:१७ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...