back
CTIZAN AD

कोरोना अपडेट : प्रभावितको संख्या ६ लाख र मृतक साढे सत्ताइस हजार

वि.सं.२०७६ चैत १५ शनिवार

675 

shares

१५ चैत्र, काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना(कोभिड १९) ले संसारभरीमा साढे सत्ताइस हजार जनाको ज्यान लिएको छ भने ६ लाखलाई प्रभावित बनाएको छ ।

एजेन्सीहरुका अनुसार मार्च २८ को नेपाली समय दिउँसो ४ बजे सम्मका अनुसार संसारभरी प्रभावितको संख्या ५,९७,००० पुगेको छ भने निको भएको संख्या १,३१,००० रहेको छ ।

सबैभन्दा धनी र शक्तिशाली देश भनिने अमेरिका कोरोनाको मामिलामा पनि १ नम्बर नै छ । शनिबार बिहानसम्म त्यहाँको प्रभावित संख्या १,०४,००० पुगिसकेको छ भने मृतक संख्या १७०० नाघेको छ ।

यसैगरी इटलीले शुक्रबार मात्रै ९१९ नयाँ मृत्यु सहँदै ९ बाट १० हजारको उकालोमा लाग्दैछ । अर्को बढी प्रभावित देश स्पेनमा ७६९ नयाँ मृत्यु थपिएर ५,००० पुगेको छ ।

उता शुरु भएको चीनमा भने आन्तरिकरुपमा चिनीया थपिएको रेकर्ड छैन भने विदेशबाट आएकाहरुमा केही संक्रमण देखिएपछि उसले सबै विदेश नागरिकलाई केही दिनका लागि आउन प्रतिबन्ध नै गरेको छ ।

युरोपकै शक्तिशाली देश जर्मनीमा प्रभावित संख्या ४९ हजार पुग्न थालेपनि मृतकको संख्या ३२५ मात्र रहेको छ ।

फिलिपिन्स  र मलेसियामा केश बढ्ने क्रममा रहेको, अष्ट्रेलियाले सामाजिक डिस्टिन्सनमा कडाइ गरेको, घानाले मुख्य शहरहरुमा लकडाउन घोषणा गरेको, टर्कीले हिड्डुलमा प्रतिबन्ध लगाइएको, थाइल्याडमा हिजोमात्र १०९ केश थपिएर १२४५ पु¥याएको र ६ वटा मृत्यु व्यहोरेको र टोकियोमा समेत संख्या बढ्न थालेको समाचार एजेन्सीहरुले दिएका छन् ।

 

वि.सं.२०७६ चैत १५ शनिवार १६:३६ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...