back
CTIZAN AD

महामारी बारे ओलि र प्रचण्डलाई नेकपा नेताकै पत्र

वि.सं.२०७६ चैत १५ शनिवार

612 

shares

सरकार महामारी संग खेलवाड नगरौ, नेपाल र नेपाली जनता संग मजाक नगरौ, सकिन्छ भन्ने यदि स्वास्थ्यले साथ नदिएकै कारण सरकारले गति नलिएको हो भन्ने प्रधानमन्त्रीजी तपाईँ देशको लागि धेरै योगदान गर्नुभयो अब आराम गर्नुहोस्, स्वास्थ्यलाभ लिनुहोस्। नेपाली जनताले तपाईँलाई सम्पूर्ण सम्मान दिएकै हो बाकी जीवनभरीलाई सम्पूर्ण मानसम्मान र सेवा सुविधा दिने नै छ, राजीनामा गरेर बाटो खुल्ला गरिदिनुहोस।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता रामकुमार शर्माले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको नाममा पत्र लेखेका छन् ।

उनले पत्रमा नेकपाले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यसै बीच अहिले नयाँ किसिमको महासंकट आइपरेको अवस्थामा उनले रोगको उपचारका लागि तत्कालीन र दिर्घकालिन कार्यक्रम बनाउन आग्रह गर्दै केही सुझावहरु दिएका छन् ।

उनले पत्रमा लेखेका छन् :
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू
आदरणीय अध्यक्ष क. पुष्पकमल दाहालजी
अभिवादन
नेपाली जनताले हाम्रो दुई पार्टी बिचको एकता अनि दुई पार्टीद्वारा जारी भएको संयुक्त घोषणा पत्र प्रति बिश्वास गरेर नेपालकै इतिहासमा स्वर्ण अक्षरले लेख्न सकिने गरी दुई तिहाइको अपार समर्थन दिएर नेकपाको नेतृत्वमा सरकार बनाउने मौका दियो। जनताले यो मौका कुनै भावनामा बगेर वा लहरमा दिएको होइन। बिगत लामो समय देखी देशमा रहेको अस्थिरता, अराजकता, कुशासन एंव भ्रष्टाचारबाट मुक्तिका लागि एंव नेपाली जनताको सुख, शान्ति र समृद्धिको आशामा मतदान गरेका हून। सरकार गठन भएको पनि करिव मध्यान्तरको समय पुरा भयो। निश्चित रुपमा नागरिकले अब हाम्रो पार्टी द्वारा जारी गरिएको घोषणा पत्र र सरकारद्वारा भए गरेका काम वारे परिणाममा देख्न पाउने अवस्था हो।

तीमा हात राखेर हामी मुल्यांकण गरौ हाम्रो सरकार कहाँ छ ? हामीले घोषणा गरेका दर्जनौ महत्त्वाकाङ्क्षी परियोजनाहरू कुन अबस्थामा छ ? जनताको आर्थिक जीवनमा कत्ति प्रगति भएको छ ? नेपाली युवालाई स्वरोजगारको व्यवस्था गरी कति संख्यामा नेपाल फर्काउन सक्यौ ? युवा पलायनले सृजना गरेको कृषिको अवस्थामा के परिवर्तन गर्न सक्यौ ? सुशासनको अबस्था के छ ? भ्रष्टाचारीहरू कति डराएका छन ? बनिरहेको सडक, पुल, सिचाई, बिमानस्थल आदि तोकिएको समयमा गुणात्मक किसिमले कत्ति काम भएको छ ? यी र यस्तै अवस्थाको बिचमा हाम्रो गौरवशाली पार्टीको केन्द्रीय समितिको बैठक एक पटक बस्ने सौभाग्य प्राप्त भयो। बैठकमा व्यक्तिगत रूपमा आफ्नो कुराहरू राख्न नपाए पनि समुहगत रूपमै भएपनि पार्टी र सरकारलाई स्पष्टरुपमा दिशानिर्देश गर्ने काम भएको थियो। बैठक पश्चात जनताको अपेक्षामा खरो उत्रिने गरी सरकारले तिब्र गतिमा काम बढाउने ठुलो अपेक्षा गरेका थियौ।

तर दुर्भाग्य सरकारले आफ्नो गति बढाउनै लाग्दा कोरोना भाइरस जस्तो बैश्विक महामारीको शिकार हामी नेपाली पनि हुन पुगेका छौ। मध्यान्तर सम्म प्राप्त अवसरलाई हामी जनअपेक्षा अनुरूप सफलता पुर्वक पुरा गर्न नसकेको तितो यथार्थ हामीसँग छ। यस्को मतलब यो होइन कि सरकारले केही पनि गर्न सकेको छैन। सरकारले संघियतालाई कार्यान्वयन गर्ने, कर्मचारी समायोजन गर्ने, सयौको संख्यामा नयाँ कानुन बनाउने, कुटनीति संबन्धलाई देश हितमा अगाडि बढाउने, रास्ट्रिय गौरवको कार्यक्रमलाई निरन्तरता दिने, समाजिक सुरक्षा नीति घोषणा र ज्येष्ठ नागरिक, एकल महिला, तथा अपाङ्गता भएको व्यक्तिहरूको केही सुविधा बढाउने काम अवश्य भएको छ।

जे होस् यी तमाम समिक्षाको आधारमा यो भन्न सकिन्छ कि सरकारले काम गरेको छ तर जनअपेक्षा अनुसार दुई तिहाइको सरकारले जसरी तिब्र गतिमा परिणाम मुखी काम गर्नु पर्थ्यो त्यसमा चुकेकै हो। अब हामी दुर्भाग्य बश नयाँ घटना सहित नयाँ ठाउँमा बिशेष अबस्थामा उपस्थित भएका छौ। बिगतमा सरकारको कामबाट असन्तुष्ट जनता सामुन्ने नयाँ किसिमको महासंकट आइपरेको छ। सरकारलाई यस महासंकटबाट जनतालाई सेवा गर्दै मन जित्ने मौका नपाएको होइन। तर प्रधानमन्त्रीको अस्वस्थताको कारणले भन्नुस वा सरकार यो महामारी वारे गम्भीर नभएर भन्नुस शुरुवाती अवस्था देखी नै संसदमा बिपक्षीहरू, नागरिक समाज, वा आमजनता नै सरकारको तयारीबाट सन्तुष्ट देखिदैन। सरकार यस महामारी रुपी संकटलाई अबसरमा बदल्न सक्थ्यो जसरी भारतका प्रधानमन्त्रीले आफ्नो लोकप्रिय योजनाका कारण कोरोना भन्दा मोदीको चर्चा बढी भएको छ।

कोरोना महामारीसंग लड्न जसरी तीनै तहको सरकारसंग समन्वय हुनुपर्थ्यो, तीनवटै सरकारको बिचमा जसरी कामको बाडफाड हुनुपर्थ्यो, जुन गम्भीरताको साथ चिकित्सकहरुको सेवा, सुविधा ९एएभ्० र सुरक्षाको साथै आवश्यक संख्यामा लैवको व्यवस्था हुनुपर्थ्यो भएन, यतिमात्रै होइन बिदेशबाट नेपाल आउने नागरिकलाई क्वारेनटाइन गर्ने, वृहत् स्तरमा चेक जाँच गर्ने, रोग लागेकाहरूलाई सुविधाजनक अस्पतालमा उपचार गर्ने, रोगबाट बच्नका लागि आवश्यक मास्क, सेनेटाइजर, ग्लोब्स, आदिको पर्याप्त व्यवस्था गर्ने, महामारीसंग लड्न पर्याप्त रकमको व्यवस्था गर्ने जिम्मेवारीबाट पुनः चुकेको छ। कोरोना जस्तो बैश्विक महामारीसंगको युद्धको लडाईमा बिजय प्राप्त गर्न ढिलो गरी ५० करोड रकमको बिनियोजन गरेबाट नै सरकारको गम्भीरता प्रस्ट हुन्छ।

तसर्थ सरकार महामारी संग खेलवाड नगरौ, नेपाल र नेपाली जनता संग मजाक नगरौ, सकिन्छ भन्ने यदि स्वास्थ्यले साथ नदिएकै कारण सरकारले गति नलिएको हो भन्ने प्रधानमन्त्रीजी तपाईँ देशको लागि धेरै योगदान गर्नुभयो अब आराम गर्नुहोस्, स्वास्थ्यलाभ लिनुहोस्। नेपाली जनताले तपाईँलाई सम्पूर्ण सम्मान दिएकै हो बाकी जीवनभरीलाई सम्पूर्ण मानसम्मान र सेवा सुविधा दिने नै छ, राजीनामा गरेर बाटो खुल्ला गरिदिनुहोस। कम्युनिष्ट आन्दोलनले एक से एक सक्षम नेताको सृखला नै तयार गरेको छ। यस्ले तपाईँको उचाई घटाउने नभई ऐतिहासिक बनाउने छ। हुनसक्छ नयाँ नेतृत्वले जिम्मेवारी पाएपछि कोरोना महामारीलाइ परास्त गर्दे संकटलाई अवसरमा बदलेर जनचाहना अनुसारको काम मार्फत देश र जनताको बिश्वास आर्जन गरी सरकार र पार्टीलाई लोकप्रिय बनाउन सकोस। भनिन्छ जान है तो जहान है ।

प्रधानमन्त्री एंव अध्यक्ष महोदय,
कोरोना महामारीसंग लड्न तथा यो संकटलाई स्वास्थ्य क्षेत्रमा अबसरको रुपमा प्रयोग गरी आमुल परिवर्तन गर्न आवश्यक सुझावहरू राख्न चाहन्छु।
१) रोगको उपचार गर्ने
२) भोकको उपचार गर्ने, रोगको उपचारका लागि तत्कालीन र दिर्घकालिन कार्यक्रम बनाउ।

तत्काल ७-१० दिन भित्र गर्नुपर्ने काम
१) चिकित्सकलाई उपचारमा प्रयोग हुने आबश्यक(PPE)को व्यवस्था होस।
२) चिकित्सकहरूको लागि विमा, डवल वेतन, आफ्नो आवास नभएको हकमा उपचार अबधी सम्मको लागि सुरक्षित आवासको व्यवस्था मिलाउने।
३) कोरोना भाइरसको टेस्ट लैव काठमाडौं लगायत सबै प्रदेशहरुमा आवश्यकता अनुसार व्यवस्था गर्ने।
४) स्थानीय सरकार मार्फतकोरेन्टाइन को व्यवस्था गर्ने, शंका लागेका, बिदेश बाट आएकाहरुलाई अनिवार्य कोरेन्टाइनमा राख्ने व्यवस्था मिलाउने
५) कोरोना पुस्टी भएका बिरामीलाई स्थानीय सरकारले तोकेको अस्पतालमा पुर्याउने
६) कोरोना बिरामीको उपचारको लागि संघ र सबै प्रदेश स्तरमा सम्पूर्ण सुविधा सहितको भौतिक पूर्वाधारको व्यबस्था गर्ने।

भोकको उपचारका लागि
१) ज्यालादारी मजदुर, गरिब तथा निसहाय परिवारलाई पहिचान गरी कम्तीमा तीन महिनाको लागि स्थानिय सरकार मार्फत तत्काल खाद्यान्न उपलब्ध गराउनु पर्छ।
२) सम्भव भए सम्म वडास्तरमा नभए आवश्यकता अनुसार खाध सामग्रीको बिक्री बितरणको व्यवस्था गर्नु पर्दछ।
३) कालाजारी र अधिक संचय गर्नेलाई कडाइको साथ रोक्ने र आवश्यक कडा कार्यवाही गर्नु पर्छ ।

दिर्घकालिन अबधीको लागि (चालु आरव र आगामी आरव २ बर्षमा सम्पन्न गर्नूपर्ने)
१) स्थानीयतह गापा रनपारउपमहानगरको २५-५० बेडको अस्पताल बनाउने ।
२)जिल्ला सदरमुकाममा १००-२०० बेडको शिक्षण अस्पताल बनाउने।
३) महानगरपालिका स्तरमा २००-३०० बेडको शिक्षण अस्पताल बनाउने।
४) प्रदेश स्तरमा अंचल अस्पतालहरूलाई ५०० बेडको शिक्षण अस्पताल बनाउने।
५) संघिय स्तरमा १०-१५को संख्यामा आवश्यकता अनुसार १००० बेड शिक्षण अस्पताल बनाउने।
(यसरी देशभरी संघ, प्रदेश र महानगरको मातहतमा रहने गरी १००-१२५ वटा सुबिधा सम्पन्न शिक्षण अस्पतालहरु बनाउने)

यसको लागि प्रारम्भमा निम्न अनुसारको (संघिय वास्केट फन्डिगं) को व्यवस्था गर्नु पर्दछ।
१) प्रतिनिधि सभा सदस्य, प्रदेश सभासदहरुको संसदीय बिकास बजेटको रकमान्तर गर्नुपर्छ।
२)  प्रदेश र स्थानीय तहको यस आरव को सम्पूर्ण बिकास बजेटको रकमान्तर गर्नुपर्छ।
३) प्रम, मुख्यमन्त्री, र मंत्रीहरूको १ महिनाको पारिश्रमिक माग गर्ने।
४) प्रतिनिधि सभा र प्रदेश सभा सांसदको १५ दिनको पारिश्रमिक माग गर्ने।
५) अधिकृत भन्दा माथिल्लो तहका सबै सरकारी कर्मचारीहरूको १० दिनको तलव माग गर्ने।
६) अधिकृत भन्दा तल्लो स्तरका कर्मचारीहरू संग ७ दिनको तलव माग गर्ने।
७) निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू र उधोगी, ब्यबसायीहरु संग अनुरोध गर्ने।
८) संघिय सरकारले यस आरव देखि नै लागु हुने गरी बिकास बजेटको १०५ रकम स्वास्थ्यमा बिनियोजन गर्ने
९) सम्पूर्ण निजी क्षेत्रका शिक्षण अस्पतालहरूलाई राष्ट्रियकरण गर्ने।
१०) शिक्षण अस्पतालमा ५०५ नेपालीलाई निःशुल्क तथा ५०५ बिदेशीलाइ शुल्क सहित पढाउने व्यवस्था गर्ने।
११) प्रथम चरणमा ५००-१००० महाभ्रष्टाचारीहरूलाई पहिचान गरी महामारीको सकंटमा भ्रष्टाचार गरेको सम्पत्ति बुझाउन आग्रह गर्ने नमानेको खण्डमा फास्ट ट्रयाक मार्फत कार्यवाही गरेर सम्पत्ति राष्ट्रियकरण गर्ने र यस पुनित कार्यमा लगानी गर्ने।
(२०७६चैत्र १५ ९राती १ बजे)

वि.सं.२०७६ चैत १५ शनिवार १७:०६ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...